काभ्रेपलाञ्चोक– मण्डनदेउपुर नगरपालिका–६ भाङ्गेटारमा गत कात्तिक १० गते प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुशीलकुमार भण्डारीलगायत तीन जनाको मृत्यु हुने गरी भएको दुर्घटनाका जिप चालक प्रदीप बोगटीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
_x000D_
_x000D_
यसअघि उनलाई २७ दिन हिरासतमा राखेर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीको संयोजकत्वको छानबिन समितिले अनुसन्धान गरेकाे थियाे।
_x000D_
_x000D_
मंगलबारदेखि भने पुर्पक्षमा राखेर छानबिन थालिएकाे छ। दुर्घटनामा डिआइजी भण्डारी, पत्रकार जीवन पराजुली तथा ट्रेड युनियन कांग्रेसका ३ नं प्रदेश संयोजक विनोद कार्कीको मृत्यु भएको थियो।
_x000D_
_x000D_
६ जना सवार बा३च २८७ नंको जिप ल्याण्डक्रुजर कच्ची सडकबाट करिब २ सय मिटर तल खसेको थियो।
_x000D_
_x000D_
घटनामा गम्भीर घाइते पूर्व प्रहरी नायबउपरीक्षक विनोद गौतमको हाल काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइते चालक बोगटी र अर्का धनराज पुरी दुर्घटनाको दुई दिनपछि अस्पतालबाट घर गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।