दुल्लु– दैलेखमा जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ भने ६ जना घाइते भएका छन्।
_x000D_
_x000D_
सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे१च २२०७ नंको बोलेरो जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना भएकाे हाे।
_x000D_
_x000D_
मृत्यु हुनेमा वडा ३का ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नं १ का ३० वर्षीय निर्मल बम रहेका छन्। साेही वडाका वडा सदस्य कर्णबहादुर बोगटीका अनुसार बिहान ८ बजे जिपकाे ब्रेक फेल भएर दुर्घटना भएकाे थियाे।
_x000D_
_x000D_
दुर्घटनामा घाइते ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ। घाइतेहरूको नाम र ठेगाना भने खुल्न सकेको छैन।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।