लहान– हुकिङ गरी विद्युत् चुहावट गर्ने करिब चार दर्जनभन्दा बढी व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्रले पक्राउ गरी जरिवाना गरेको छ।
_x000D_
_x000D_
केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाका विभिन्न स्थानबाट सोमबार २८ र मंगलबार २५ गरी ५३ जनालाई पक्राउ गरेको हो।
_x000D_
_x000D_
अनुगमनका क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको पाइएका सबैलाई नियन्त्रणमा लिई विद्युत् चुहावट ऐनबमोजिम कारबाहीसहित जरिवानावापत ५ लाख ८६ हजार राजस्व सङ्कलन गरिएको र सो क्रममा विद्युत् मिटर, पङ्खा र टिभी, एलइडीलगायत सामान पनि बरामद गरिएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।