नयाँ दिल्ली– अभिनेता आमिर खानले हिन्दी फिल्म इन्डस्ट्रीमा लेखकलाई पर्याप्त पारिश्रमिक दिन जररुत रहेको बताएका छन्।
_x000D_
_x000D_
उनका अनुसार कथा लेखन फिल्म निर्माण प्रकियाको महत्पूर्ण हिस्सा हो।
_x000D_
_x000D_
उनी सोमबार सिनेस्तान इन्डियाको स्टोरी टेलर स्क्रिप्ट प्रतियोगिता २०१८ को ग्रैंड फिनालेमा सहभागी भए, जहाँ उनले भने कि यस्तो प्रतियोगिताले धेरै प्रतिभालाई अगाडि ल्याउनसक्छ।
_x000D_
_x000D_
‘ठग्स अफ हिस्दोस्तान’ मा प्रमुख भूमिका निभाएका आमिरले भने,‘मलाई धेरै खुसी लाग्यो, जब मलाई थाहा भयो कि अंजुम स्क्रिप्ट लेखन प्रतियोगिताको आयोजनाको लागि बहुत उत्साहित छ। किनकि भारत एक ठूलो देश हो। यहाँ यस्तो मानिस धेरै छन्। जो विभिन्न प्रकारका कहानी बताउन चाहन्छन्। तर, उनीहरूको अवसर फिल्दैन। त्यसैले यो निकै उत्तम अवसर हो। जहाँ जो कोहीि आफ्नो कहानी पठाउन सक्छन्।'
_x000D_
_x000D_
उनले भने,‘ फिल्म उद्योगको पनि यस तरिकाको प्रतियोगिताको आवश्यकता छ। किनकि हामीलाई विभिन्न दृष्टिकोणको साथ नयाँ कथाको जरुरत पर्छ। त्यसैले जब अजुंमले मलाई (चतुर्वेदी) र राजूजी( राजू हिरानी) को निमन्त्रणा गरे, तब मैले सोचेँ की यो एक राम्रो प्रयास हो। मैले यसको समर्थन गर्नुपर्छ।’
_x000D_
_x000D_
फिल्म उद्योगमा लेखकलाई मिल्ने पारिश्रमिक सधैँ चर्चाको विषय बन्छ।
_x000D_
_x000D_
‘स्क्रिप्ट लेखन प्रतियोगिता मानिसको लेखनको लागि प्रोत्साहित गर्नेको प्रयास हो। हामीले यसdf पछि हट्नु हुँदैन,’ आमिरले भने, ‘निर्माताको रुपमा हामीले लेखकको ज्यादा पारिश्रमिक दिन जरुरी छ।’
_x000D_
_x000D_
उनले भने,‘ म पटकथाको आधारमा फिल्म छान्ने गर्छु। त्यसैले मलाई लाग्छ कि फिल्म निर्माणको सबैभन्दा महत्वपूर्ण पाटो हो। जब एक लेखक राम्रो स्क्रिप्ट लेख्छ, त्यसपछि नै सबै फिल्म निर्माणमा जुट्छन्। लेखक फिल् निर्माणको पूरा प्रकियाको मुख्य व्यक्ति हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।