एजेन्सी– युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा प्रवेश गरेका छन्।
_x000D_
_x000D_
समूह 'एफ' को खेलमा म्यानचेस्टर फ्रेन्च क्लब लियोनसँग २–२ गोलको बराबरीमा रोकिएपनि नकआउट चरणमा प्रवेश गरेको हो। सिटीले २ पटक खेलमा पछि परेको स्थिति उल्टाएको थियो। खेलको ५५ मिनेटमा कोर्नेटले गोल गरेर लियोनलाई अग्रता दिलाए। तर ६२ मिनेटमा लपोर्टेले सिटीका लागि बराबरी गोल फर्काउन सफल भए। लियोनले ८१ मिनेटमा दोस्रो पटक अग्रता लियो। उसका लागि कोर्नेटले नै दोस्रो गोल गरेकाथिए। तर २ मिनेटमा पछि सिटीका सर्जियो अग्युरोले गोल गरेपछि खेल २–२ को बराबरीमा आएको थियो।
_x000D_
_x000D_
समूहमा अन्तिम खेल खेल्नुअघि सिटीको ५ खेलबाट १० अंक छ। दोस्रो स्थानको लियोको ७ अंक छ भने तेस्रो स्थानको शख्तर ५ अंक र होफोनहेमले ३ अंक जोडेको छ। अब लियोन र शख्तर मध्ये एक टिम अन्तिम १६ मा पुग्नेछन्।
_x000D_
_x000D_
यता समूह 'एच' को खेलमा म्यानचेस्टर युनाइटेडले योङ व्वायजलाई १–० ले हरायो। म्यानचेस्टरका लागि फेलानीले दोस्रो हाफको इन्जुरी मिनेटको पहिलो मिनेटमा गोल गरेका थिए। यहि समूहको अर्को खेलमा इटालीयन क्लब युभेन्ट्सले भ्यालेन्सियालाई १–० ले हराएको छ। युभेन्ट्सका लागि मारियो मान्जुकिकले खेलको ५९ मिनेटमा गोल गरे। लिगको अन्तिम खेल अघि म्यानचेस्टर र युभेन्ट्सले अन्तिम १६ मा स्थान पक्का गरेका छन्। भ्यालेन्सिया र योङ ब्वाइज भने बाहिरिए।
_x000D_
_x000D_

_x000D_
_x000D_
समूह एच मा युभेन्ट्स ५ खेबलाट १२ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको म्यानचेस्टरको १० र तेस्रो स्थानको भ्यालेन्सियाको ५ अंक छ। योङ ब्वाइजले भने १ अंक मात्र जोडेको छ।
_x000D_
_x000D_
समूह 'जी' बाट रियल म्याड्रिड र रोमाले अन्तिम १६ मा स्थान पक्का गरे। रियलले रोमालाई २–० गोलले हरायो। रियलको जितमा गारेथ बेलले ४७ र भाज्क्यूले ५९ मिनेटमा गोल गरेका थिए। लिगको अन्तिम खेलअघि रियलले १२ अंक जोडेको छ। दोस्रो स्थानको रोमाको ९ अंक छ। यता ४–४ अंक जडेका सिएसकेए मस्को र भिक्टोरिया प्लजेन भने बाहिरिए।
_x000D_
_x000D_

_x000D_
_x000D_
समूह 'इ' बाट जर्मन क्लब वायर्न म्युनिख र अजक्स अन्तिम १६ मा पुगे। वायर्नले मंगलबार राति भएको खेलमा बेन्फिकालाई ५–१ गोलले हरायो। उसका लागि अर्जेन रोब्बेनले १३ र ३० मिनेटमा गोल गरेका थिए। यस्तै रोबर्ट लिवान्डोवस्कीले ३६ र ५१ मिनेटमा गरी २ गोल गरे। ७६ मिनेटमा रिबेरीले वायर्नका लागि पाँचौ गोल गरेका थिए।
_x000D_
_x000D_

_x000D_
_x000D_
समूहको अर्को खेलमा अजाक्सले एइके एथेन्सलाई २–० ले हरायो। समूहमा वायर्नले ५ खेलबाट १३ अंक जोड्दा अजाक्सको ११ अंक छ। ४ अंक जोडेको बेनिफिका र अंकविहीन एथेन्स भने बाहिरिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।