काठमाडौं– सामुदायिक विद्यालय भीमसेनगोलमा अध्ययनरत ९ कराते खेलाडीसहित १४ सदस्यीय नेपाली टोली दोश्रो जेकेएनएसकेआई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन बुधबार भारतको पुना जाँदैछ।
_x000D_
_x000D_
नोभेम्बर ३० देखि डिसेम्बर २ तारिखसम्म हुने प्रतियोगितामा अनिल रोका, राई, करण चौधरी, नवीन थापा मगर, रिकेश भण्डारी दर्जी, कञ्चन नेपाली, महिमा राई, सोनु गुरुङ, सिमोन्शा श्रेष्ठ र इरफान वोस्तले प्रतिस्पर्धा गर्नेछन्।
_x000D_
_x000D_
टिम प्रशिक्षकमा १० औं सागका स्वर्ण विजेता कुशल श्रेष्ठ, व्यवस्थापकमा राजेश जोशी, निर्णायकमा तारा गुरुङ र अफिसियलमा तुलसीकुमार महर्जन रहेका छन्।
_x000D_
_x000D_
टोलीलाई नेपाल कराते महासंघका महासचिव हरिशरण केसी, देउराली क्लबका अध्यक्ष अर्जुन राणा, उपाध्यक्ष लीलेश्वर प्रधान र भीमसेनगोला माविका प्रिन्सिपल गणेशकुमार राईले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे। कार्यक्रममा देउराली क्लबले प्रायेजन गरेको ट्रयाक्सुट पनि वितरण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।