बुटवल- कन्सर्ट चलिरहेको थियो, दर्शकहरु उफ्रिरहेका थिए। गीतको बोल थियो, ‘गाउँ गाउँबाट उठ’। त्यतिबेलै दुइवटा मध्ये एउटा जेनरेटर अचानक बन्द भइदियो। त्यो जेनरेटरको सम्पर्क कार्यक्रमस्थलको माइकहरुसँग थियो।
_x000D_
_x000D_
अर्थात्, माइकहरु अचानक थामिए।
_x000D_
_x000D_
तर, बुटवलमा सोमबार राति नेपथ्य कन्सर्टले जगाइरहेको तीव्र संवेग अलिकति पनि प्रभावित हुन पाएन। किनभने, नेपथ्यका मुख्य गायक अमृत गुरुङको आवाज नपाए पनि झन्डै दुई मिनेटसम्म फुटबल मैदानमा जम्मा भएका करिब चार हजार दर्शकले एकोहोरो ‘गाउँ गाउँबाट उठ’ का शब्दहरु चर्को स्वरमा गाइरहे।
_x000D_
_x000D_
स्टेजमा बसेका अमृत भने तलबाट आएको गीत सुनेर हात हल्लाइ मात्र रहेका थिए।
_x000D_
_x000D_

_x000D_
_x000D_
दुइ मिनेटमै बत्ती आयो र फेरि पूर्ववत् कार्यक्रम अघि बढ्यो।
_x000D_
_x000D_
‘सुरुमा अँत्यास लागेको थियो,’ गायक अमृत भन्छन्, ‘तर, अन्त्यमा भने नेपथ्य र दर्शकबीचको सामीप्यले प्रविधिलाई पनि जितेको महसुस भयो।’
_x000D_
_x000D_
यसरी बुटवलस्थित ‘एन्फा टेक्निकल इन्स्टिच्यूट स्टेडियम’मा आयोजित नेपथ्य कन्सर्ट फरक अनुभवका साथ सोमबार सम्पन्न भएको छ।
_x000D_
_x000D_
देशब्यापी यात्रामा निस्केको नेपथ्यले तेश्रो प्रस्तुती यहाँ आयोजना गरेको थियो।
_x000D_
_x000D_
‘हाम्रो कास्की जिल्लाले तपाइहरूको बुटवललाई परम्परादेखि बटौली बजार भनेर चिन्दै आएको छ,’ गुरुङले कार्यक्रमको सुरुवातमै उल्लेख गरेका थिए, ‘यो सहर कुनै समय हामीले नुनको व्यापार गर्ने बाटो थियो। पहाडबाट नुन बोकेर आएका भरियाहरुले यस सहरमा भारी बेचेपछि माथि डाँडामा रहेका उनको परिवार र आफन्तका लागि किनमेल गरेर फर्कन्थे।’
_x000D_
_x000D_
तिनै भरिया, नुनको बाटो र यो पुरानो बजारमा समर्पित हुँदै अमृतले नेपथ्य गीत गुन्गुनाए–
_x000D_
_x000D_
‘यानीमाया बटौलीको बजारैमा यानीमाया
_x000D_
_x000D_
यानीमाया चुरौटाको दोकान यानीमाया
_x000D_
_x000D_
यानीमाया कति किन्नु चुरा र धागो यानीमाया’
_x000D_
_x000D_
‘चुरा र धागो किन्ने त्यतिबेलाको सानो बटौली बजार आजको यस्तो विस्तारित बुटवल बन्न पुगेको छ,’ अमृतले थपे, ‘यो सहर झनै फले–फूलेको हेर्न पाउँ।’
_x000D_
_x000D_
कार्यक्रम अघि बढ्दै गयो, दर्शकहरु पनि थपिँदै गए।
_x000D_
_x000D_
त्यसै क्रममा अमृतले यात्रामै आधारित नेपथ्यको अर्को गीत ‘सालैजो’ सुनाए।
_x000D_
_x000D_
यो गीतको उत्पत्ति बुटवलकै उत्तरी भेगमा पर्ने पहाडी क्षेत्रबाट भएको जानकारी पनि उनले दिए।
_x000D_
_x000D_

_x000D_
_x000D_
‘लेकैको कुहिरो अउलै झर्योे, आहै सालैजो, लाग्यो कुहिरो दिनभरि,’ यस्ता लाइनहरूले भरिएको गीत सुनाइसकेपछि अमृतले जानकारी दिए, ‘तपाइँहरुकै मास्तिर पर्ने गुल्मी जिल्लामा ट्रेकिङ गएको बेला यो गीत लेखेको थिएँ।’
_x000D_
_x000D_
मैदानमा भरिएका चारहजार दर्शक भीँडमा एन्फाले तालिम दिँदैगरेका फूटबल क्षेत्रकै भावी कर्णधारहरुको उपस्थिति थियो।
_x000D_
_x000D_
अमृतले भने, ‘तपाईंहरू सबैको योगदान यस राष्ट्रका निम्ति भविष्यमा मूल्यवान हुने विश्वास लिएको छु।’
_x000D_
_x000D_
त्यतिबेला दर्शकहरुले चर्को आवाजका साथ अमृतका भनाइको स्वागत गरेका थिए।
_x000D_
_x000D_
घडीले ठीक पाँच बजेर पैतालिस मिनेट देखाउँदा सुरुभएको कार्यक्रम दुई घन्टासम्म निरन्तर चलेको थियो।
_x000D_
_x000D_

_x000D_
_x000D_
बुटवलमा नेपथ्यले यसअघि पनि आफूलाई पटक पटक प्रस्तुत गर्दैआएको छ। त्यसमा पनि विशेष गरेर द्वन्द्व र संक्रमण कालमा बारंबार नेपथ्य यहाँ गुञ्जियो। त्यो समयमा सुरक्षाकै कारण दिउँसो मात्र कन्सर्ट गर्न पाइन्थ्यो।
_x000D_
_x000D_
यसपाला भने झन्डै दुई वर्षको अन्तरालपछि साँझको परिवेशलाई झिलिमिलि पारेर बुटवलबासीको साँगीतिक तृष्णा मेट्न नेपथ्य सफल भएको थियो।
_x000D_
_x000D_
कार्यक्रममा ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ हुँदै नयाँ गीत ‘शिरफूल शिरैमा’ सुनाइएको थियो। धौलागिरी अथवा यस गीतले भन्ने धौलागिरि आसपासका बासिन्दाहरु ओहोर दोहोर गर्ने गौंडा बुटवलले यो नयाँ गीतलाई जोडदार स्वागत गरेको थियो।
_x000D_
_x000D_
त्यसपछि कार्यक्रमले फेरि ‘चरि मर्यो’, ‘जोमसोमे बजार’देखि अर्को नयाँ ‘कोशीको पानी यो जिन्दगानी’ जस्ता गीतहरूको श्रृंखलामा प्रवेश गरेको थियो।
_x000D_
_x000D_
रातको अँध्यारो जसै बढिरहेको थियो, मञ्चको चमक उत्तिकै तीब्र हुन थालेको थियो। त्यसमा राजधानीदेखि पुगेका प्राविधिकहरूले तयार पारेको मञ्च र प्रकाश व्यवस्थाको मात्र नभइ नेपथ्यले उचालेको दर्शकको उत्तेजना र उन्मादले उत्तिकै पाइन थपेको देखिन्थ्यो।
_x000D_
_x000D_

_x000D_
_x000D_
दर्शकको माझमा नेपथ्य उभिएको बेला उनीहरुको सर्वाधिक प्रिय ‘रेशम’ र ‘तालको पानी’ छुट्ने कुरै भएन। पछिल्ला गीतहरुले मैदानको तापक्रम झनै उच्च विन्दुमा पुर्याएको थियो।
_x000D_
_x000D_
अन्तिममा ‘रातो र चन्द्रसूर्य’ सुनाउँदा फेरि दर्शकदीर्घाबाट अपार साथ पाएर यो यसका शब्दहरु श्रोताको ओँठबाट निस्किरहेको देखिन्थ्यो।
_x000D_
_x000D_
अघिल्लोपटक जस्तै यसपाला पनि बुटवलस्थित ‘यस नेपाल’ले कन्सर्ट आयोजना गरेको थियो।
_x000D_
_x000D_
बुटवलको कन्सर्ट सम्पन्न भएपछि नेपथ्य टोली अब आगामी प्रस्तुतीको निम्ति धनगढीतर्फ जाने भएको छ।
_x000D_
_x000D_
धनगढीको कार्यक्रम मंसिर १३ गते सम्पन्न हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।