काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाललाई २३ जना केन्द्रीय सदस्यले भेटेर तत्काल केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेका छन्। पार्टी र सरकार सञ्चालनबारे छलफल गर्न केन्द्रीय कमिटीको बैठक बस्न उनीहरुले माग गरेका हुन्।
_x000D_
_x000D_
केही दिनअघि पार्टी अध्यक्षद्वयलाई महासचिव विष्णु पौडेलमार्फत ज्ञापन पत्र बुझाएको टोलीले मंगलबार पार्टी अध्यक्ष दाहालसँग भेट गरेका हुन्।
_x000D_
_x000D_
दाहल निवास खुमलटार पुगेर उनीहरूले पार्टीको राजनैतिक, सैद्धान्तिक, वैचारिक प्रतिवेदन बनाउने र त्यसका आधारमा सिंगो पार्टीपंक्तिलाई अभिमुखीकरण तत्काल गर्नुपर्नेमा जोड दिएका थिए।
_x000D_
_x000D_
त्यसका लागि पोलिट ब्यूरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन गरी अघि बढ्न पनि सुझाव दिएको भेटमा सहभागी ठाकुर गैरेले बताए।
_x000D_
_x000D_
उनीहरूले पार्टी सञ्चालन नीति र विधिका आधारमा पद्धतिसम्मत गर्न तत्काल केन्द्रीय कमिटीको बैठक आयोजना गर्नुपर्ने पार्टी अध्यक्ष प्रचण्डसँग माग गरेका छन्।
_x000D_
_x000D_
सरकारलाई बलियो बनाउन र राम्रा कामलाई प्रभावकारी रुपमा जनतासम्म लैजान पनि बैठक तत्काल बोलाउनुपर्ने उनीहरुको सुझाव छ।
_x000D_
_x000D_
मागप्रति अध्यक्ष दाहालले सबै विषय सामूहिक भएको प्रतिक्रिया दिएको सदस्य गैरेले बताए। यी विषयमाथि छलफल गरेर स्पष्ट हुँदै अगाडि बढ्न आवश्यक रहेको दाहालको भनाइ थियो।
_x000D_
_x000D_
दाहालले नेकपाका एजेण्डा र टोलीले पेस गरेका विषय समानान्तर भएकाले गम्भीरतापूर्वक ध्यानाकर्षण गराइएका विषयका अाधारमा अगाडि बढाइने बताएको केन्द्रीय सदस्य गैरेको दाबी छ।
_x000D_
_x000D_
अध्यक्ष दाहाललाई भेट्न डा. विजय पौडेल, जगन्ननाथ खतिवडा, विजय गुरुङ, गरिमा शाह, ममता गिरी, माधव अर्याल, प्रेमल खनाललगायत २३ जनाको टोली खुमलटार पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।