काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिगको दाबेदार मध्येको एक मनाङ मर्स्याङ्दी क्लबले लगातार चौथो खेलमा जित निकाल्दै शीर्ष स्थान पुन: कब्जा गरेको छ। मनाङले मंगलबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबमाथि २–१ को संघर्षपूर्ण जित हात पार्यो। अघिल्लो खेलमा अर्को दाबेदार थ्रीस्टारमाथि पनि २–१ कै जित हात पारेको मनाङले एपिएफविरुद्ध स्वभाविक खेल पस्कन सकेन।
_x000D_
_x000D_
टिमले सोचे जस्तो खेल्न नसकेपछि मनाङका प्रशिक्षक सुमन श्रेष्ठ सन्तुष्ट छैनन्। 'आजको खेलमा त्यति खुसी छैन। हाम्रो जुन लय थियो जुन तरिकाले हामी खेल्थ्यौं त्यो अनुसार खेल्न सकेनौं,' प्रशिक्षक श्रेष्ठले खेलपछि भने,' एपिएफले रक्षात्मक खेल्छ भन्ने थाहा थियो। त्यसैले हाम्रो योजना अघि बढेर खेल्ने थियो। तर लय हामीले गुमायौं।'
_x000D_
_x000D_
प्रशिक्षक श्रेष्ठले डिफेन्सिभ मिडफिल्डको भूमीका रहेका खेलाडीले स्वभाविक खेल देखाउन नसकेको पनि बताए। उनले भने,'हाम्रो डिफेन्सिभ मिडफिल्डमा विशाल राईलाई खेलाउने योजना थियो।हेमन गुरुङ पनि रक्षात्मक बने। विंगमा पनि हामी चलेनौ।'
_x000D_
_x000D_

_x000D_
_x000D_
श्रेष्ठले मंगलबार आफ्नो रणनीति असफल भएको स्विकार गर्दै भने,'बल अघि बढाइरहने रणनीति थियो। तर हामीले आफ्नै क्षेत्रमा बल खेलायौं। जित्नेमा हामी ढुक्क थियौं। हामीले जुन नतिजा निकाल्न पर्ने थियो त्यो निस्केन। तर हामीले जित निकाल्न सफल भयौं त्यो ठूलो कुरा हो।'
_x000D_
_x000D_
यता एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले सानो गल्ती गर्दा खेल हारेको प्रतिक्रिया दिए।
_x000D_
_x000D_
'हामीले पोजिसनिङ र मार्किङमा ध्यान दिन सकेनौ। सानो गल्तीले गर्दा गोल खान पुग्यौं,' तामाङले भने,'मनाङले हामीलाई खासै दबाब दिन खोजेन। खेल मनाङले जित्यो बल नियन्त्रण हाम्रो थियो।'
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।