काठमाडौं– भारत दोश्रो दक्षिण एशियाली यू–२१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ को मिक्स टिम ईभेन्ट्सको अन्तिम चारमा प्रवेश गरको छ। भारतले बंगलादेशमाथि ५ । ० को जित निकाल्दै सेमिफाईनल यात्रा तय गरेको हो। भारत, बंगलादेश, नेपाल, श्रीलङ्का र माल्दिभ्स गरि पाँच राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा भारत र बंगलादेश समूह ए मा रहेका छन् । भारत समूह एको विजेता हुँदै सेमिफाईनल प्रवेश गरेको हो। त्यस्तै भारतसँग पराजित भएपनि बंगलादेश समूह उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्यो।
_x000D_
_x000D_
पुरुष एकलमा भारतका ध्रुव राउतले बंगलादेशका एसएसएम शिवगाथुल्लालाई २१।१७, २१।१८ ले पराजित गरे। यस्तै महिला एकलमा माल्भिका बान्सोदले बंगलादेशकी उर्मी अख्तरलाई २१।४, २१।९ ले हराईन्। पुरुष युगल तर्फ भारतका बिष्णु बरदान र प्रियान्सु राजवतको जोडीले बंगलादेशका गौरव सिंह मंगल सिंहको जोडीलाई २१।१४, २१।९ ले तथा महिला युगल तर्फ पूर्वा बर्भे र तनिशा क्रोष्टाको जोडीले बंगलादेशका उर्मी अख्तर र रश्मा अख्तरको जोडीलाई २१।११, २१।९ ले पराजित गरे। यस्तै मिक्स युगल तर्फको खेलमा बिष्णु बरदान र तनिशा क्रोष्टाको जोडीले बंगलादेशका शिवगाथुल्ला र फारविन बिन्ता ईमदाललाई २१।८, २१।८ ले जित निकाल्दै ५ । ० को जित निकाल्यो।
_x000D_
_x000D_
नेपाल श्रीलङ्का र मालदिभ्स संगै समूह बीमा रहेको छ । समूह बीको पहिलो लिग खेलमा श्रीलङ्काले मालदिभ्सलाई ४ । १ ले पराजित गर्यो।
_x000D_
_x000D_
श्रीलङ्काका रनतोष्का सासिन्दुले मालदिभ्सका अहमद निवाललाई २१।१३, २१।११ले, महिला एकलमा दिल्मी दियासले अमिनाती नविहालाई २१।६, २१।११ले, पुरुष युगलमा चामथ दियास र चिराथिल्लेप ईरामारोचीको जोडीले मोहम्मद अकिफ र मोहम्मद राफाको जोडीलाई २१।७, २१।१० ले तथा हासिनी अम्बलाङ्गोदुग र दिल्मी दियाको जोडीले अमिनाती नविहाको जोडीलाई २१।१०, २१।१९ ले पराजि गर्दै लगातार ४ जित निकाले । मिक्स युगलको खेलमा भने मालदिभ्सले जित निकाल्यो । मालदिभ्सका निवाल अहमद र फथमा नवाहको जोडीले रन्थुस्का र हासरा विजेवर्दनेको जोडीलाई २१।१९, १५।२१ र २१।१८ ले पराजित गरे।
_x000D_
_x000D_
नेपाल र श्रीलङ्काविच भएको मिक्स टिम ईभेन्ट्समा नेपालले ३ । २ को जित निकाल्यो । पुरुष एकलमा नेपालका नविन श्रेष्ठले श्रीलङ्काका रन्थुस्का ससिन्दुलाई २२।२०, २१।१३ ले हराए । महिला एकल तर्फ रशिला महर्जन दिल्मी दियास संग १२।२१, १२।२१ ले पराजित भईन् । पुरुष युगल तर्फ नविन र प्रिन्स दाहालले श्रीलङ्काका चिराथ ईल्लेपरुमाराची र चामाथ दियासको जोडीलाई २१।१८, २३।२१ ले पाखा लगाए । महिला जोडी तर्फ रशिला महर्जन र जेशिका जोडी श्रीलङ्काका दिल्मी दियास र हासिनी अम्बालाङ्गादेको जोडी संग २१।१३, २१।८ ले पराजित भए । यस्तै मिक्स जोडी तर्फ प्रिन्स दाहाल र रशिला महर्जनको जोडी श्रीलङ्काका रन्थुस्का र दिमी दियासको जोडीलाई २१।१९, २१।१३ ले पराजित गर्दै ३ । २ को जित निकालेको हो।
_x000D_
_x000D_
अब नेपालले अन्तिम चारको यात्रा तय गर्न बुधबार हुने माल्दिभ्ससँगको खेलमा जित निकाल्नु पर्ने छ अन्यथा माल्भिदभ्ससँग हारेको खण्डमा हेड टु हेडको आधारमा जित हारको निर्णय हुने रेफ्रि किरण गोपाल कारञ्जितले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।