नाक हाम्रो शरीरको निकै संवेदनशील अंग हो। सानो चोटपटक वा अन्य केही समस्या भएमा यसले ठूलो समस्या निम्त्याउन सक्छ।
_x000D_
_x000D_
गर्मीयाम लागेसँगै विभिन्न संक्रमणका कारण नाक सुक्खा हुँदा नाथ्री फुटेर रगत बग्ने समस्या यतिबेला बढी देखिन थालेको छ। नाकबाट रगत बग्ने विभिन्न कारण भए पनि संक्रमण नै मुख्य कारण हो।
_x000D_
_x000D_
नाक कोट्याउने बानी, चोटपटक, ठोक्किएर, पिनास, नाकभित्रको मसिनो पर्दा (रक्तनली) फुटेर पनि रगत बग्ने सम्भावना बढी हुन्छ। यसका साथै रगत जमाउने तत्वमा कमी आउँदा, रगत पातलो बनाउने औषधिको सेवनका कारणले पनि रगत बग्ने गर्छ।
_x000D_
_x000D_
सुक्खा याममा अत्यधिक धूलोका कारण नाक सुक्खा भएर नाकको भित्री भागमा रगतको सम्प्रेषण हुने नली फुट्ने समस्या पनि देखिन सक्छ।
_x000D_
_x000D_
नाथ्री फुट्ने समस्याबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुन्छन्। किनकि वृद्धवृद्धालाई उमेरजन्य विभिन्न समस्या देखिन्छ भने बच्चाहरु नाक बढी कोट्याइरहने र चर्को घाममा पनि खेल्ने गर्छन्।
_x000D_
_x000D_
नाथ्री फुटेमा सामान्यतया केही समयमा रगत रोकिने गर्छ। तर, लामो समयसम्म पनि रगत बगिरहेमा चिकित्सकलाई देखाइहाल्नुपर्ने हुन्छ। नत्र थप समस्या निम्तिन सक्छ।
_x000D_
_x000D_
रगत बगिरहँदा चिकित्सककहाँ पुग्न समय लाग्ने भएमा नाक बन्द गरेर मुखबाट सास फेर्ने, 'आइस' नाक माथि राख्ने आदि गर्दा पनि केही हदसम्म फाइदा हुनसक्छ।
_x000D_
_x000D_
धेरै रगत बग्दा रक्तचाप कम हुने, चक्कर लाग्ने, नाकमा अन्य समस्या देखापर्छ। अत्यधिक रगत बगिरहेमा ज्यानलाई नै जोखिम हुने भएकाले समयमै स्वास्थ्य संस्था पुगिहाल्नुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।