दुबई– पाकिस्तानका लेग स्पिनर यासिर साहले टेस्ट क्रिकेटमा एकै दिन १० विकेट लिएका छन्।
_x000D_
_x000D_
साहले दुबईमा न्युजिल्यान्डविरुद्ध दोस्रो टेस्टको तेस्रो दिन दुई इनिङमा गरी १० विकेट लिएका हुन्। सन् १९९९ मा भारतका अनिल कुम्बलेले एकै दिन १० विकेट लिएका थिए। त्यसपछि एकै दिन १० विकेट लिने साह पहिलो खेलाडी बने।
_x000D_
_x000D_
पहिलो इनिङमा पाकिस्तानले ८ विकेटको क्षतिमा ४ सय १८ रन बनाएर इनिङ समाप्तीको घोषणा गरेको थियो। उसका लागि हरिस सोहिलले १ सय ४७ रन र बाबर अजामले नटआउट १ सय २७ रनको शतकीय योगदान दिए।
_x000D_
_x000D_
त्यसपछि ब्याटिङ थालेको न्युजिल्यान्ड यासिर साहको बलिङअघि टिक्न सकेन। यारिसले पहिलो इनिङमा ८ विकेट लिएपछि न्युजिल्यान्ड ९० रनमै अलआउट भयो। कमजोर स्कोरमा अलआउट भएपछि न्युजिल्यान्ड फलोअनमा पार्यो। यासिरले पहिलो इनिङमा १२.३ ओभर बलिङ गर्दा ४१ रन खर्चिए। उनले न्युजिल्यान्डका ३ ब्याट्सम्यानलाई बोल्ड, ३ ब्याट्सम्यानलाई क्याच र २ ब्याट्सम्यानलाई एलबिडब्लूमार्तफ पेभेलियनको बाटो देखाए।
_x000D_
_x000D_

_x000D_
_x000D_
फलोअनमा परेपछि दोस्रो इनिङ ब्याटिङ सुरु गरेको न्युजिल्यान्डले तेस्रो दिन सकिदा १ सय ३१ रन जोड्दा २ विकेट गुमायो। दुवै विकेट साहले लिन सफल भए। उनले केन विलियमसनलाई ३० रन र जीत राभवलाई २ रनमा आउट गरे।
_x000D_
_x000D_

_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।