• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पहल थालेको ३३ वर्षपछि रसुवाका १ सय ८२ गुठीपीडितको हातमा लालपुर्जा

64x64
नेपाल लाइभ सोमबार, मंसिर १०, २०७५  १४:४५
1140x725

रसुवा– रसुवाका १ सय ८२ जना गुठीपीडित किसानले आफ्नै नाममा जग्गाधनी पुर्जा पाएका छन्। लामो समयदेखि काठमाडौं स्वयम्भु घ्याङ गुठीको नाममा रहेको जग्गा पहल थालेको ३३ वर्षपछि हात पारेका हुन्।

_x000D_ _x000D_

जिल्ला भूमि अधिकार मञ्च, रसुवा लगायत जिल्लाका सरोकारवालाको पहलमा करिब ५ सयमध्ये एक सय ८२ जना गुठी प्रभावितले आफ्नै नाममा जग्गाधनी पुर्जा पाएको मञ्चका विश्वास नेपालीले बताए। उनले भने, ‘जिल्ला भूमि अधिकार मञ्चको पहलमा १ सय ३२ जना र हाइड्रोपावर निर्माणका लागि मुआब्जा वितरण गर्ने समयमा ५० जनाले जग्गाधनी पुर्जा पाएका छन्।’

_x000D_ _x000D_

वर्षौंदेखि उपभोग गर्दै आएको गुठीको नाममा रहेको जग्गा आफ्नो नाम बनाएसँगै किसानहरूमा खुसी छाएको छ। जग्गा आफ्नो नाममा ल्याउनका लागि पीडितहरूले मञ्चमा सङ्गठित भई विगत १२ वर्षदेखि आन्दोलन गरेको नेपालीले बताए।

_x000D_ _x000D_

काठमाडौंको सडक र रसुवाको सडकमा नारा मात्र गुन्जिएपनि तत्काल उपलब्धि भने देखिएको थिएन। लामो समयको सङ्घर्षपश्चात् गुठीपीडित हाकुबासीले जीवनमा पहिलो पटक रातो पुर्जा हात पारेका हुन्। जग्गाधनी पुर्जा पाएपछि हाकुका सोमबहादुर तामाङले भने, ‘हामीले पहिलो पटक हातमा पुर्जा पाउँदा जीवनमा धेरै कुरा पाएझैं भएको छ, कति पुस्ता बितिगए, तर कसैले पुर्जा देख्न पाएका थिएनन्। हामी यसबाट ज्यादै खुसी छौं।’

_x000D_ _x000D_

सोमबहादुर मात्र होइन्, जग्गाधनी पुर्जा पाएपछि आमाछोदिङ्मो गाउँपालिका–१ का ७७ वर्षीय उर्लामा तामाङले भने, ‘वर्षौंदेखि हामीले जोतभोग गर्दै आएको जग्गाको पुर्जा नपाई मरिन्छ कि भन्ने लागेको थियो, लालपुर्जा पाइयो, खुसी छौं। हामीले त दुःख पायौं–पायौं, अब सन्ततिले दुःख नपाउन् भन्ने चाहाना थियो त्यो पुरा भयो।’

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

त्यस्तै आमाछोदिङ्मो गाउँपालिका–२ का निमादर्के तामाङले पुर्जा पाएपछि विभिन्न कारोबार गर्न सहज हुने प्रतिक्रिया दिए। भने, ‘पहिला पैसा नहुदाँ धेरै समस्या थियो, यही भएको जग्गा बेचेरै भएपनि समस्याको समाधान गरौं भन्ने लाग्थ्यो, अब सहजै रुपमा कारोबार गर्न पनि पाउने भयौं।’

_x000D_ _x000D_

आफूले भोगचलन गरे पनि गुठी पीडितले २०३६ सालदेखि जग्गाको तिरो तिरेका छैनन्। २०३५ सालसम्म गुठीबाट तिरो उठाउन आउने गरेको र त्यसपछि तिरो उठाउन आउन छाडेकाले तिरो नतिरेका हुन्। गुठी पीडितलाई लालपूर्जा दिलाउनका लागि जिल्ला भूमि अधिकार मञ्च रसुवा लगायतले गुठी संस्थानमा गएर पटक–पटक छलफल पछि जग्गाधनी पूर्जा दिने निर्णय भएको थियो।

_x000D_ _x000D_

लालपूर्जा दिने तर २०३६ सालदेखिको तिरो तिर्नुपर्ने संस्थानले बताएपछि स्थानीयले तिरो तिर्न नसक्ने भन्दै ५ हजार रुपैयाँ रकम मात्र तिर्नेगरी निर्णय भएको थियो। यो निर्णयसँगै किसानहरू धेरै खुसी भएका थिए। उनीहरूले उपभोग गर्दै आएको एक हजार ८९ कित्ता अर्थात ५ हजार ११ रोपनी जग्गा काठमाडौ स्वयम्भु घ्याङ गुठीको नाममा रहेको थियो।

Xtrem
Xtrem
_x000D_ _x000D_

जिल्लाको आमाछोदिङ्मो गाउँपालिका १ र २ मा गरी करिब ५ सय गुठीबाट प्रभावित थिए। जग्गाधनी पुर्जा पाएका सबै भूकम्पपीडितले सरकारी अनुदान लिँदै धमाधम घरसमेत निर्माण गरिरहेका छन्। बाँकीको पुराना कागजातहरु नभएको हुदाँ आवश्यक प्रमाणहरु जुटाएर पुर्जा बनाउने प्रक्रिया अघि बढेको मञ्चले जनाएको छ।

_x000D_ _x000D_

रसुवा जिल्लामा भूमिअधिकार अभियानलाई लामो समयदेखि सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र नेपाल कृषिवन प्रतिष्ठानले सहयोग गर्दै आइरहेका छन्।
_x000D_  

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०७५  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट
सम्बन्धित सामग्री
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ र ४ जोड्ने बालुवाचौरस्थित तिल्चाखोला सडक पुल निर्धारित समयभन्दा करिब नौ महिनाअघि नै निर्माण सम्... बिहीबार, असोज १५, २०८३
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट बिहीबार, असोज १५, २०८३
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्