राजविराज– सप्तरीको राजगढ गाउँपालिका–४ का दिपनारायण ठाकुर सोमबार भूमिसुधार तथा मालपोत कार्यालयमा थिए। जग्गा खरिद÷बिक्रीका लागि सदरमुकाम आएका उनी काम हुने आशामा दिनभर कार्यालयमा कुरेर बसे, तर उनको काम भएन। कामै नभएपछि करिब ४ बजे उनी निरास भएर फर्किए।
_x000D_
_x000D_
खडक नगरपालिका–१ का वुलन साह पनि काम नभएको भन्दै कार्यालयबाट बाहिरिए। फाँटमा ताला लागेकाले काम नभएर फर्किएको उनको गुनासो छ। ‘काम गराउन हतार–हतार आएँ, कार्यालयमा पुग्दा फाँटमा ताला लागेको रहेछ’, उनले भने, ‘कर्मचारीलाई सोध्दा काम हुँदैन भनेपछि के पर्खेर बस्नु?’
_x000D_
_x000D_
दिपनारायण र वुलनसहित विष्णुपुर गाउँपालिका–३ का सन्जय मण्डल, सुरुङ्गा नगरपालिका–३ का ओमप्रकाश राम, राजविराज नगरपालिका–९ का रामकिशुन यादव, राजविराज–१३ का राजेन्द्र यादवलगायत सयौं सेवाग्राही सोमबार काम नगराएर फर्किए।
_x000D_
_x000D_

_x000D_
_x000D_
कर्मचारी अभाव देखाउँदै मालपोत कार्यालयको १७ नम्बर फाँट बन्द गरिएपछि उनीहरुसँगै साविक १९ वटा गाविसका सेवाग्राहीले सोमबार काम गराउन पाएनन्। कार्यालयले कर्मचारी अभावका कारण सूचना जारी गरेरै फाँट बन्द गरेको छ। यसअघि पनि पटक–पटक फाँट बन्द गर्नुपरेको निमित्त कार्यालय प्रमुख नासु कृष्णबल्लभ ठाकुरले बताए। कार्यालयले ५ वटा मोठ, तामेली, भूमिसुधार शाखा र रजिस्ट्रेसन फाँट मार्फत सर्वसाधारणलाई सेवा दिँदै आएको छ।
_x000D_
_x000D_
भूमिसुधार तथा मालपोत कार्यालय राजविराजले जिल्लाका साविक ८१ वटा गाविसवासीलाई सेवा दिँदै आएको छ। १ सय १३ गाविसमध्ये २२ गाविसको काम कन्चनपुरस्थित कार्यालयबाट हुँदै आएपनि अन्य सबै गाविसको काम राजविराजबाटै हुँदै आएको छ।
_x000D_
_x000D_
कामको चाप तथा दरबन्दीअनुसार कर्मचारी नहुँदा कामकाज प्रभावित भएको ठाकुरले बताए। ‘एउटा फाँटमा बसे अर्को खाली हुन्छ, अर्कोमा बसे अर्को’, उनले थपे, ‘कर्मचारी नै नभएपछि कसले काम गर्ने?’
_x000D_
_x000D_
मालपोत कार्यालयमा १ उपसचिव, २ मालपोत अधिकृत र १ शाखा अधिकृतको दरबन्दी छ। तर, उपसचिवको दरबन्दी दुई वर्षअघिदेखि नै रिक्त छ भने मालपोत अधिकृत र शाखा अधिकृतको दरबन्दी दसैैंपछि रिक्त छन्। विभागले असोज १६ गतेपछि ४ जना मालपोत अधिकृत पठाएपनि हालसम्म कोही पनि हाजिर नभएको निमित्त प्रमुख ठाकुर बताउँछन्। ‘ग्रामिण र दुर्गम क्षेत्रमा जान तयार छन्, तर सप्तरी आउन कोही तयार छैनन्’, उनले भने।
_x000D_
_x000D_
विभागले भूमिसुधार कार्यालय सुनसरीका रामप्रसाद तिमिल्सिना, मालपोत कार्यालय बेलबारीका हरिलाल खत्री, मालपोत कार्यालय भद्रपुरका दिपेन्द्र खत्री र मालपोत कार्यालय रौतहटका सिकेन्द्र साहलाई सप्तरी पठाएको थियो। तिमध्ये तिमिल्सिना इटहरी उपमहानगरपालिका र खत्री १ नम्बर प्रदेश कार्यालयमा हाजिर भइसकेका छन्। दिपेन्द्रले सरुवा बदर गराएर उतै बसेका छन् भने सिकिन्द्रको भने आउने सम्भावना रहेको ठाकुर बताउँछन्।
_x000D_
_x000D_
यसैगरी, कार्यालयमा ९ नायब सुब्बा र १६ जना खरिदारको दरबन्दी छ। अख्तियारको छड्के तथा किर्ते आरोपमा ६ महिनाअघि २ जना निलम्बनमा परेपछि ७ जना नासु कार्यरत छन् भने १६ मध्ये खरिदारको १३ वटा दरबन्दी रिक्त छ।
_x000D_
_x000D_
कार्यालयमा कुल ४० जनाकाे दरबन्दी छ। तर, १० जना कार्यालय सहयोगी, १ सवारी चालक र २ जना अपरेटरसहित २१ जना कर्मचारीले सम्पूर्ण कामकाज सम्हाल्नु पर्दा लथालिङ्ग भएको निमित्त प्रमुख ठाकुरले गुनासो गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।