काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिगमा थ्रीस्टार क्लब दोस्रो स्थानमा उक्लिएको छ। थ्रीस्टार सोमबार भएको खेलमा न्यूरोड टिम (एनआरटी) लाई २–० गोलले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो।
_x000D_
_x000D_
अघिल्लो खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग २–१ ले पराजित भएको थ्रीस्टारलाई जितले राहत दिलाएको छ। एनआरटीविरुद्ध पहिलो हाफमा भने थ्रीस्टार गोलरहित बराबरीमा रोकिएको थियो।
_x000D_
_x000D_
७४ मिनेटमा थ्रीस्टारले अग्रता लिन सफल भयो। उसका लागि रन्जित धिमालले पेनाल्टीमा गोल गरेका थिए। दोस्रो हाफको इन्जुरी टाइममा अजयी मार्टिनले दोस्रो गोल गरेपछि थ्रीस्टारले २–० को जित पक्का गरेको थियो।
_x000D_
_x000D_

_x000D_
_x000D_
यता दिनको अर्को खेलमा नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई २–० गोलले हराएको छ। पुलिसले खेलको ४० मिनेटमा रवि पासवानको गोलबाट अग्रता लिएको थियो। खेल सकिन बाँकी छदा पुलिसले दोस्रो गोल गर्न सफल भयो। सब्सिच्युट खेलाडी भरत साहले उत्कृष्ट गोल गर्दै पुलिसलाई २–० को जिततर्फ अघि बढाएका थिए।
_x000D_
_x000D_
लिगको चौथो चरण जारी रहदा त्रिभुवन आर्मी क्लब १० अंक सहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको थ्रीस्टारको ९ अंक छ भने मनाङको पनि ९ अंक छ। मनाङले १ खेल कम खेलेको छ। संकटा क्लब ९ अंक नै जोडेर चौथो स्थानमा छ। ७ अंक जोडेको हिमालयन शेर्पा क्लब पाँचौ र ७ अंक नै जोडेको पुलिस छैटौं स्थानमा रहेको छ।
_x000D_
_x000D_
अंक तालिका
_x000D_
_x000D_

_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।