• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अन्तर्राष्ट्रिय सभाहल बनाउन एकमात्र हवाई एकेडेमीको १ सय ८९ रोपनी जग्गामाथि सरकारको हस्तक्षेप

64x64
नेपाल लाइभ सोमबार, मंसिर १०, २०७५  ११:३८
1140x725

काठमाडौं- सरकारले चालु अवस्थामा रहेको हवाई क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने नेपालको एक मात्र हवाई एकेडेमी मासेर अन्तर्राष्ट्रिय सभाहल बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्‌को बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको भक्तपुरस्थित १ सय ८९ रोपनी जग्गा अन्तर्राष्ट्रिय सभाहल निर्माणका लागि हस्तान्तरण गर्ने निर्णय गरेको हो। 

_x000D_ _x000D_

सहरी विकास मन्त्रालयको प्रस्तावमा असोज २८ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। यो जग्गा अहिले नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानले भोगचलन गर्दै आएको छ।

_x000D_ _x000D_

यो निर्णयसँगै हवाई क्षेत्रमा नयाँ जनशक्ति उत्पादन रोकिने निश्चत छ। साथै हवाई राडार सञ्चालनका लागि दिइने तालिमसमेत प्रभावित हुने प्राधिकरणको भनाइ छ। विमानस्थलमा अत्यावश्यक र संवदेशनशील मानिएको अग्नि नियन्त्रकको तालिम गर्ने ठाउँसमेत गुमाउनुपर्ने भएको छ। 

_x000D_ _x000D_

'सरकारी संस्थानको जग्गा सरकारले विशेष प्रयोजनका लागि प्रयोग गर्ने अधिकार त हुन्छ,' नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, 'हवाई क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन र यो क्षेत्र सुधारका लागि तालिम केन्द्र विस्थापित गर्न खोज्ने निर्णय राम्रो होइन। निर्णयबारे हामी अनभिज्ञ थियौं। यसका सूचनाहरु बाहिर आउन थालेपछि एकेडेमी कसरी अघि बढाउने विषयमा चिन्ता बढेको छ।' 

_x000D_ _x000D_

आइकाओको नियमले पनि हवाई क्षेत्र सुधारका लागि यसकाले तालिम केन्द्र चाहिने उनी बताउँछन्। यसका लागि प्राधिकरणले मास्टर प्लानसहित यही एकेडेमीलाई एसियाकै ट्रान्जिट हबका रुपमा विस्तार गर्ने लक्ष्य लिएको उनले बताए।

_x000D_ _x000D_

'यो एकेडेमी आइकाओको ट्रनिङ एयर प्लस एसोसिएट सदस्य पनि हो,' उनले भने, 'यसलाई विस्तार र सुधार गर्दै त्यसको फुल मेम्बरसिप बनाउने लक्ष्यमा छौं।' 

_x000D_ _x000D_

प्रतिष्ठानले भूकम्पअघि सिनामंगलमा गर्दै आएको तालिम पनि यही स्थानबाट चलाउँदै अएको थियो। सोही ठाउँमा विमानस्थलको विमान अपरेसनका लागि जडित ८ वटा एन्टेनासमेत रहेका छन्। यहाँ अहिले प्रतिष्ठानको एक अर्ब मूल्य बराबरको संरचना र हवाई क्षेत्रको तालिमका लागि आवश्यक उपकरण छन्।

_x000D_ _x000D_

तर, मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण र सहरी विकास मन्त्रालयबीच भएको सहमतिभन्दा बाहिर गएर निर्णय गरेको देखिन्छ। नेपाल लाइभलाई प्राप्त विवरणमा यस्तो तथ्य खुलेको हो। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

सहरी विकास मन्त्रालय र प्राधिकरणबीच १ सय ८९ रोपनी जग्गामध्ये अन्तर्राष्ट्रिय सभाहलका लागि ९८ रोपनी मात्र प्रयोग गर्न दिने सहमति भएको थियो। जहाँ ५ हजार जना अटाउने क्षमता भएको स्थायी संरचना बनाउने उद्देश्य राखिएको थियो।

_x000D_ _x000D_

_x000D_ _x000D_

सहमतिमा अनुसार नै सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७५/७६ मा अन्तर्राष्ट्रिय सभाहलका लागि बन्ने संरचनाको विस्तृत आर्किटेक्चर/स्ट्रक्चर डिजाइन गर्ने उल्लेख छ। यही तयारीका साथ बोलपत्र आह्वान प्रक्रिया सम्पन्न गर्ने गरी काम अगाडि बढाउने भन्दै मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस भएको थियो। 

_x000D_ _x000D_

मन्त्रिपरिषद्‌मा पेस गरेको प्रस्तावमा नेपाल नागरिक उड्डयन प्राधिकरणको सानोठिमी भक्तपुरस्थित १८९–४–१–१ रोपनी जग्गामध्ये ९८–४–३–१ रोपनी जग्गा मात्र अन्तर्राष्ट्रिय सभाहल निर्माणका लागि सहरी विकास मन्त्रालयलाई हस्तान्तरण गर्ने उल्लेख थियो। जसमा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्र नाथ शर्माले हस्ताक्षर गरेका छन्। 

Xtrem

Xtrem
_x000D_ _x000D_


_x000D_ तर, ९८ रोपनी हस्तान्तरण गर्ने प्रस्ताव झिकी मन्त्रिपरिषद् बैठकले पूरै जग्गा अन्तर्राष्ट्रिय सभाहलका लागि हस्तान्तरण हुने निर्णय गरेको पाइएको छ। 

_x000D_ _x000D_

मन्त्रालयबाट आएको प्रस्तावको प्रकरण ४ निर्णय हुनुपर्ने व्यहोरा अन्तर्गत खण्ड (क) मा प्रस्तावित जग्गामध्ये संलग्न नक्सा देखाइए बमोजिम ९८–४–३–१ रोपनी' भन्ने व्यहोरा हटाई अरु प्रस्तावमा लेखिएबमोजिम गर्ने भन्दै निर्णय गरियो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

जग्गा दिने विषयमा के थियो सहमति?
_x000D_ अन्तर्राष्ट्रिय सभाहल निर्माण गर्नका लागि गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक लगायत अन्य पदाधिकारीहरुले काठमाडौं उपत्यकाभित्र जग्गाको पहिचान गरेका थिए। टोलीले ललितपुरस्थित भैंसेपाटीको १ सय ४१ रोपनी, भक्तपुर सानो ठिमीमा रहेको प्राधिकरणको १ सय ८९ रोपनी र नेपाल ट्रष्टको भक्तपुर सल्लाघारीमा रहेको १ सय ११ रोपनी जग्गालाई विकल्पका रुपमा लिइएको थियो।

_x000D_ _x000D_

तर, अध्ययनमा भक्तपुरस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको जग्गा सबैभन्दा उत्तम ठहर गरियो। 

_x000D_ _x000D_

सोही अध्ययनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहमतिमा सोही जग्गामा अन्तर्राष्ट्रिय सभाहल बनाउने प्रक्रिया अगाडि बढाउने निर्णय भएको थियो। 

_x000D_ _x000D_

त्यसलगतै प्रस्तावित जग्गामा ५ हजार जना अटाउने क्षमता भएको स्थायी संरचना निर्माणका लागि आवश्यक रकम विनियोजनका लागि अर्थ मन्त्रालयबाट स्वीकृति  भएको थियो। उक्त संरचना निर्माणका लागि अर्थले समेत ५० करोड बजेट स्विकृत दिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने सहमति भएको थियो।

_x000D_ _x000D_


_x000D_ अर्थको सहमति लगत्तै सहरी विकास मन्त्रालयले १८९-४-१-१ जग्गामध्ये पूर्वतर्फको ९०–१५–२–० रोपनी जग्गा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई छुट्याएर बाँकी पश्चिमतर्फको ९८–४–३–१ रोपनी सहरी विकास मन्त्रालयको नाममा हस्तान्तरण गर्ने गरी प्रस्ताव पेस गर्ने सहमति भएको थियो। 

_x000D_ _x000D_

यो प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गर्नका लागि असोज १८ गते विभागीय मन्त्रीबाट समेत स्वीकृत भएको थियो। तर, असोज २८ को मन्त्रिपरिषद्‌ निर्णयमा सबै जग्गा अन्तर्राष्ट्रिय सभाहल निर्माणका लागि सहरी विकास मन्त्रालयको नाममा हस्तान्तरण गर्ने गरी प्रक्रिया अगाडि बढाउने उल्लेख छ।

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०७५  ११:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट बिहीबार, असोज १५, २०८३
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्