काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब रवाफिलो जित हात पारेको छ। आर्मीले सोमबार भएको खेलमा संकटा क्लबलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको हो।
_x000D_
_x000D_
जितसँगै आर्मी अंक तालिकाको शीर्ष स्थानमा उक्लन सफल भएको छ। आर्मीले ४ खेलबाट १० अंक जोडेको छ। १ खेल कम खेलेको मनाङ मर्स्याङ्दी क्लबको ९ अंक छ।
_x000D_
_x000D_
यता सुरुवाती तीन खेलमा लगातार जित हात पारेको संकटाले भने पहिलो हार बेहोर्न बाध्य भयो। ४ खेलबाट ९ अंक जोडेको संकटा तेस्रो स्थानमा झरेको छ।
_x000D_
_x000D_
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा संकटाले पहिले अग्रता लिएको थियो। संकटाका लागि एलोन म्याक्सवेलले नवौं मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाए।
_x000D_
_x000D_

_x000D_
_x000D_
१७ मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले बराबरी गोल फर्काउन सफल भए। ३० मिनेटमा आर्मीले अग्रता लिन सफल भयो। कप्तान भरत खवासले आर्मीका लागि दोस्रो गोल गरेका थिए।
_x000D_
_x000D_
पहिलो हाफमा २–१ को अग्रता लिएको आर्मीले ६३ मिनेटमा तेस्रो गोल गर्न सफल भयो। सन्तोस तामाङले फ्रिकिङमार्फत सुन्दर गोल गरेर आर्मीलाई ३–१ ले अघि बढाएका थिए।
_x000D_
_x000D_

_x000D_
_x000D_
३ मिनेटपछि टेकबहादुरले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले अग्रता ४–१ मा पुर्यायो। ७७ मिनेटमा दिनेश हेन्जनले अर्को गोल थप्दा आर्मी फराकिलो जिततर्फ अघि बढेको थियो।
_x000D_
_x000D_
अंक तालिका
_x000D_
_x000D_

_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।