काठमाडौं– दक्षिण अफ्रिकाका ब्याट्सम्यान रिचार्ड लेभीले एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। दक्षिण अफ्रिकाको राष्ट्रिय टिमबाट खेलिसकेका लेभीले इपिएल टिम पोखरा राइनोजसँग सम्झौता गरेका हुन्।
_x000D_
_x000D_
उनी सन् २०१२ मा दक्षिण अफ्रिकाको टी–२० राष्ट्रिय टिममा परेका थिए। उनले सन् २०१२ को फेब्रुअरीमा न्युजिल्यान्ड विरुद्ध टी–२० मा शतक बनाउँदै सनसनी मच्चाएका थिए। दोस्रो टी–२० खेलमा ओपनिङमा आएका उनले नटआउट १ सय १७ रन जोडेका थिए।
_x000D_
_x000D_
उनले तत्कालिन कप्तान एबी डिभिलयर्ससँग १ सय ३३ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई ८ विकेटले पराजित गरेको थियो। लेभीको शतकसँगै दक्षिण अफ्रिकाले १ सय ७४ रनको लक्ष्य १६ ओभरमै पार गरेको थियो। ४५ बलमा शतक बनाउँदै उनले क्रिस गेलको नाममा रहेको तत्कालिन रेकर्डसँग बराबरी गरेका थिए। यद्यपी सो रेकर्ड धेरै समय रहेन।
_x000D_
_x000D_

_x000D_
_x000D_
३० वर्षीय लेभी दक्षिण अफ्रिकाका लागि १३ टि–२० खेल खेले। भारतको आइपिएल टिम मुम्बइ इण्डियन्समा समेत रहेका उनी पछिल्लो समय दक्षिण अफ्रिका र इंग्ल्यान्डको घरेलु लिग खेल्छन्। उनले नेपाल जस्तो सुन्दर स्थान भएको र नेपालको क्रिकेटले प्रगति गरिरहेको सुनेको बताएका छन्। साथै पोखरा टिमबाट इपिएल खेल्न उत्साहित भएको पनि उनको भनाइ छ।
_x000D_
_x000D_
यसअघि पोखरामा स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टिमका कप्तान केल जेम्स कोइट्जर र इंग्ल्यान्डका अलराउन्डर पाउल कउलिनसँग सम्झौता गरेको थियो। यस्तै पोखराले प्रशिक्षकमा अस्ट्रेलियाका नाथान डोडलाई नियुक्त गरेको थियो।
_x000D_
_x000D_
पोखरामा शक्ति गौचन, विक्रम शोव, राजेश पुलामी मगर, विपिन खत्री, किशोर महतो, देव साह, सौरभ खनाल, सुनील धमला, सुसन भारी, नरेश बुढाऐर र सुभेन्दु पाण्डे छन्।
_x000D_
_x000D_
आगामी मंसिर २२ देखि हुने तय भएको इपिएल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ। इपिएलमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज् र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन्।
_x000D_
_x000D_
उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्स र ललितपुर पाट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १५ दिन चल्ने इपिएलमा १९ खेल हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।