काठमाडौं– नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले युएईमा जारी टी–१० लिगमा लगातार तेस्रो खेलमा विकेट लिएका छन्। केरला नाइट्समा आवद्ध सन्दीपले आइतबार राति राजपुत्स्विरुद्ध भएको खेलमा २ विकेट लिएका हुन्।
_x000D_
_x000D_
पहिले ब्याटिङ गरेको राजपुत्स्विरुद्ध सन्दीपले पहिले ओभरमै बलिङको मौका पाएका थिए। ओपनिङमा थिए अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहमद साहजाद र न्युजिल्यान्डका ब्रेन्डन म्याकुलम। सन्दीपको पहिलो बलमा साहदाजले १ रन लिए। दोस्रो र तेस्रो बलमा म्याकुलमले रन लिएनन्। चौथो बलमा १ रन लिएपछि साहजाद स्ट्राइकमा आए। पाँचौ बलमा सन्दीपले साहजादलाई १ रनको स्थितिम पर्नेलबाट क्याच गराउदै पेभिलियनको बाटो देखाए।
_x000D_
_x000D_
सन्दीपले खेलको सातौै ओभरमा पनि बलिङ गरे। सो ओभरको चौथो बलमा उनले कार्लोस बाथवेटलाई १ रनको झिनो स्कोरमा केइरन पोलार्डबाट क्याच गराए। पहिलो ओभरमा ६ रन मात्र खाएका सन्दीपले यो ओभरमा भने २ छक्का र १ चौका सहित १७ रन खाए। सन्दीपले २ ओभरमा २३ रन खर्चिदा २ विकेट लिन सफल भयो।
_x000D_
_x000D_
राजपुत्स्ले ९ ओभरमा ५ विकेटको क्षतिमा ९४ रन बनाएर खेलिरहदा खेल वर्षाले प्रभावित भयो। त्यसपछि खेल हुन नसक्दा दुवै टिमले १–१ अंक बाढे। समूह एमा पाख्थोन ३ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा छ। राजपुत्स् र केरालाको समान ३–३ अंक छ र उनीहरु दोस्रो र तेस्रो स्थानमा छन्। चौथो स्थानको सिन्धिजले ३ खेलबाट २ अंक मात्र जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।