सिड्नी– अस्ट्रेलियाविरुद्धको तीन खेलको टी–२० सिरिज भारतले बराबरी गर्न सफल भएको छ। आइतबार भएको तेस्रो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै सिरिज १–१ को बराबरी गर्न सफल भएको हो। यसअघि पहिलो खेलमा अस्ट्रेलिया विजयी हुँदा दोस्रो खेल वर्षाले प्रभावित भएको थियो।
_x000D_
_x000D_
पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६४ रन जोड्यो। उसका लागि डिअार्ची सर्टले २२ र आरोन फिन्चले २८ रन बटुले। बलिङमा भारतका क्रुनाल पाण्डेले ४ विकेट लिए।
_x000D_
_x000D_
१ सय ६५ रनको लक्ष्य भारतले २ बल खेल्न बाँकी छदा ४ विकेटको क्षतिमा पार गर्यो। उसका लागि कप्तान विराट कोहलीले नटआउट ६१ रन जोडे। उनले ४१ बलमा ४ चौका र २ छक्का हिर्काए। ओपनिङ ब्याट्सम्यान शिखर धवनले २२ बलमा ६ चौका र २ छक्का मद्दतमा ४१ रन बनाए।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।