काठमाडौं- ‘लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान’ आईतबारबाट देशभर सुरु भएको छ।
_x000D_
_x000D_
सबै प्रदेश, जिल्ला समन्वय समिति र स्थानीय तहमा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आह्वानमा शुभारम्भ गरिएको सो अभियानको काठमाडौंमा एक कार्यक्रमका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बीच उद्घाटन गरे।
_x000D_
_x000D_
महिला हिंसा हुनै नदिने गरी सशक्त बनाउने हिंसाका अपराधीलाई कडा कारबाही गर्ने चेतावनी उनले दिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'एक वर्ष भित्र महिला हिंसाको घटनामा उल्लेख्य कमी ल्याउने सरकारको योजना छ।'
_x000D_
_x000D_
कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिला हिंसा हुन नदिन वडा तहसम्म सो अभियान संचालन गरिएको उनले स्पष्ट पारेकी थिइन्। 'महिला हिंसा हुन नदिन सरकारले स्थानीय तहदेखि नै सशक्त अभियान चलाउने योजना अघि सारेको छ,' उनले भनिन्।
_x000D_
_x000D_
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संविधानले स्थानीय सरकारलाई पूर्ण अधिकार दिएको उल्लेख गर्दै महिला हिंसा हुन नदिन सशक्त अभियान संचालन गर्न आह्वान गरेका थिए।
_x000D_
_x000D_
महिला हिंसाविरुद्धको यो अभियान मंसिर २४ गतेसम्म संचालन हुनेछ। यस वर्षको लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको नारा ‘लैगिंक हिंसा र दुर्व्यवहारः छैन हामीलाई स्वीकार’ भन्ने तय गरिएको छ।
_x000D_
_x000D_
सरकारले यो अभियानमा सहभागी हुन ७ वटै प्रदेश, ७७ वटा जिल्ला समन्वय समिति र ७ सय ५३ वटै स्थानीय तहलाई आह्वान गरेको छ। सरकारले विक्रम संवत २०५४ सालदेखि लैगिक हिंसा विरुद्धको सो अभियानलाई विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।