काठमाडौं– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दुई तिहाईको जनादेशलाई निर्वाधरुपमा सदुपयोग गर्ने अवस्था अझै नरहेको बताएका छन्।
_x000D_
_x000D_
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतासमेत रहेका पोखरेलले पुरानै कार्यशैली र मनोविज्ञान नै जनताको समृद्धिको आकांक्षालाई सम्बोधन गर्न मुख्य बाधकको रुपमा रहेको पनि स्पष्ट पारे। मुख्यमन्त्री पोखरेलले दुई तिहाई बहुमत प्राप्त दल नेकपा आफैं भित्रको संक्रमणले पनि मुलुकलाई अघि बढाउन समस्या भइरहेको पनि स्मरण गराए।
_x000D_
_x000D_
आइतबार काठमाडौंमा आयोजित ‘आर्थिक समृद्धिका लागि राजनीतिक दलको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अधिकार प्राप्तिको लडाइँबाट दिक्षित राजनीतिक दलका नेता, कार्यकर्ताले मुलुकको समृद्धिको नेतृत्व गर्नुपर्ने अवस्था आएकाले पनि मुलुकको समृद्धिको यात्रालाई सहज ढंगले अघि बढाउन नसकिएको उल्लेख गरे।
_x000D_
_x000D_
कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टी, नेपालका नेता अनिल झाले मुलुकको समृद्धिको यात्रालाई सहज बनाउन संविधान संशोधन गरेर अघि बढ्न सरकारलाई आग्रह गरे। उनले सरकारले संघीयतालाई आत्मासाथ गर्न नसकेको आरोप पनि लगाए।
_x000D_
_x000D_
नेता झाले संघीयतालाई बलियो बनाउन स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन पनि सरकारको ध्यानाकर्षण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।