एन्टीगुवा– अस्ट्रेलियाले आइसिसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। आइतबार बिहान एन्टिगुवामा सम्पन्न फाइनलमा अस्ट्रेलियन महिला टिमले इंग्लिस महिला टिमलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै उपाधि चुमेको हो।
_x000D_
_x000D_
टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड २ बल खेल्न बाँकी छदा १ सय ५ रनमा अलआउट भयो। इंग्ल्यान्डका लागि डानिलिया याटले ४३ रन र कप्तान हेथर नाइटले २५ रन जोडे। अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
_x000D_
_x000D_
बलिङमा अस्ट्रेलियाकी एस्लिक गार्डनरले ३ विकेट लिइन। यस्तै मेघन स्कट र जर्जिया वेरेहामले २–२ विकेट लिए।
_x000D_
_x000D_

_x000D_
_x000D_
१ सय ६ रनको लक्ष्य अस्ट्रेलियाले १५.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै च्याम्पियन बन्न सफल भयो। अस्ट्रेलियाको जितमा गार्डनरले २६ बलमा नटआउट ३३ रन र कप्तान मेघ लनिङले ३० बलमा नटआउट २८ रन बटुलिनन्।
_x000D_
_x000D_
प्रतियोगिताको म्यान अफ दि सिरिज अस्ट्रेलियाको एलिस हेली घोषित भइन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।