टुरिन– यहि सिजन इटालियन क्लब युभेन्ट्समा आवद्ध भएका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले सिजनको दशौं गोल गरेका छन्। रोनाल्डोले सिजनको दशौं गोल गरेको इटालियन सिरि एको खेलमा युभेन्ट्सले स्पललाई २–० गोलले पराजित गरेको छ। जारी सिजनको लिगमा युभेन्टस १३ खेलसम्म अपराजित छ।
_x000D_
_x000D_
खेलको २८ मिनेटमा रोनाल्डोले गोल गर्द युभेन्ट्सले अग्रता लिन सफल भएको थियो। उनले मरियन जानिकको फ्रिकिकको सदुपयोग गर्दै बललाई जाली चुमाएका थिए। युभेन्ट्सका लागि दोस्रो गोल मारियो मान्जुकिकले खेलको ६० मिनेटमा गरे।
_x000D_
_x000D_

_x000D_
_x000D_
लिगको अन्य खेलमा युडिनेसेले रोमालाई १–० गोलले र इन्टर मिलानले फ्रोसिनोनलाई ३–० गोलले पराजित गरेका छन्।
_x000D_
_x000D_
पछिल्लो सात सिजन लगातार सिरि एको उपाधि जितेको युभेन्ट्स १३ खेलबाट ३७ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको नापोलीको १२ खेलबाट २८ अंक छ। तेस्रो स्थानको इन्टर मिलानको १३ खेलबाट २८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।