धनगढी– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराजको मानसिक अवस्था बिग्रिँदै गएपछि उपचारका लागि काठमाडौँ लगिएको छ।
_x000D_
_x000D_
धनगढी विमानस्थल पुर्याइएका पन्तले एक्कासी रुने, हाँस्ने, बर्बराउने, गालीगलौज गर्न थालेपछि विमानस्थल स्रोतले विमानबाट लान नसकिने जनाएको थियो। सोपश्चात् उनलाई पुनः सेती अञ्चल अस्पताल ल्याइएको थियो।
_x000D_
_x000D_
यज्ञराजलाई शनिबार राति १० बजे सेती अञ्चल अस्पतालबाट निजी गाडीमा काठमाडौं लगिएको छ। सेती अञ्चल अस्पतालमा सामान्य उपचारपछि यज्ञराजलाई काठमाडौं पठाइएको हो। यज्ञराजको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै स्वास्थ्यकर्मी सुनिल विकलाई पनि साथमै पठाइएको छ।
_x000D_
_x000D_
कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठको समवन्यमा प्रहरी सहायक निरिक्षक दिपक धामीको नेतृत्वमा ३ जनाको प्रहरी टोली पनि यज्ञराजसँगै काठमाडौं गएको छ।
_x000D_
_x000D_
छोरी निर्मलाको हत्या भएको ४ महिना पुग्दासमेत अपराधी पत्ता लगाउन नसकेको भन्दै उनले सरकारलाई अनुसन्धानमा दबाव दिन परिवारसहित धर्नामा बसेका थिए। धर्नामा बस्दा शारिरीक रुपमासमेत कमजोर भएका यज्ञराजको बिहीबारदेखि मानसिक अवस्थामासमेत खराबी आएको थियो।
_x000D_
_x000D_
सो क्रममा उनले धर्नास्थलमै फरक व्यवहार देखाउन थालेका थिए। सुरुवातमा समान्य अवस्था रहेपनि अवस्था समाल्न नसक्ने स्थितिमा पुगेपछि उनलाई काठमाडौं पठाइएको हो।
_x000D_
_x000D_
यज्ञराजलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा राखिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।