म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले सानदार जित हात पारेको छ।
_x000D_
_x000D_
सिटीले शनिबार राति भएको खेलमा वेस्ट ह्याम सिटीलाई उसकै घरेलु मैदानमा ४–० गोलले पराजित गरेको हो। सिटीको जितमा डेभिड सिल्भाले ११ मिनेटमा पहिलो गोल गरे। रहिल स्टर्लिङले सिटीको अग्रता दोब्बर पारे।
_x000D_
_x000D_
सिटीका लागि बाँकी २ गोल लिरोए सानेले गरे। जर्मन विंगर सानेले खेलको ३४ र दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरे।
_x000D_
_x000D_
लिगको अर्को खेलमा टोटनह्यामले चेल्सीलाई ३–१ गोलले हरायो। उसका लागि डेल अलीले अाठौं, ह्यारी केनले १६ र सन हेयुङ मिनेटले ५४ मिनेटमा गोल गरे। चेल्सीका लागि ओलिभर जिरुडले ८५ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो।
_x000D_
_x000D_
अर्को खेलमा म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेसले १–१ बराबरी खेलेका छन्। लिभरपुलले वाटफोर्डलाई ३–० गोलले हरायो। लिभरपुलका लागि मोहमद सलाहले ६७, एलेक्जेन्डर अोर्नाल्डले ७६ र रोबर्टो फिर्मिनोले ८९ मिनेटमा गोल गरे। खेलको ८२ मिनेटमा हेन्डर्सन दोस्रो पहेँलो कार्ड पाउदै मैदान छाडेपछि लिभरपुल १० खेलाडीमा सीमित बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।