बार्सिलोना– स्पेनिस ला लिगामा बार्सिलोनालाई एट्लेटिको म्याड्रिडले बराबरीमा रोकेको छ। शनिबार राति भएको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँढेका हुन्।
_x000D_
_x000D_
खेलको ७७ मिनेटमा डिएगो कोस्टाले गोल गरेर एट्लेटिकोलाई अग्रता दिलाएका थिए। तर खेलको अन्तिम मिनेटमा बार्सिलोनाका उस्मान डेम्बेलेले गोल गर्दै आफ्नो टिमको हार टारे।
_x000D_
_x000D_

_x000D_
_x000D_
अर्को खेलमा रियल म्याड्रिडले नमिठो हार बेहोरेको छ। उनसलाई एइबारले ३–० गोलले हरायो। एइबारले एस्कालान्टेले १६, इनरिचले ५२ र किकेले ५७ मिनेटमा गोल गरे।
_x000D_
_x000D_
अंक तालिकाको शीर्ष स्थानको बार्सिलोनाको १३ खेलबाट २५ अंक छ। दोस्रो स्थानको एट्लेटिकोको २४ अंक, तेस्रो र चौथो स्थानको सेभिल्ला र अलाभेसको २३–२३ अंक छ। पाँचौ स्थानको इस्प्यान्योल २१ अंक छ भने २० अंक जोडेको रियल छैटौं स्थानमा छ।
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।