गलेश्वर– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न मुलुकमा पुगेका व्यक्तिको २ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोगमा २० कोठे पक्की विद्यालय भवन निर्माण गरिएको छ।
_x000D_
_x000D_
स्थानीयवासीको सक्रियता र प्रवासीको पहलमा जयन्ती माविको २० कोठे पक्की भवन निर्माण भएको हो। २ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भएको सो विद्यालय भवनका लागि वैदेशिक रोजगारीमा गएका भकिम्लीवासीले २ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले जानकारी दिए।
_x000D_
_x000D_
पहिलेदेखि नै अत्यन्त जीर्ण अवस्थामा रहेको साविकको भकिम्ली गाविसको जयन्ती माविको भवन २०७२ सालको भूकम्पका कारण कामै नलाग्ने अवस्थामा पुगेपछि विदेशमा रहेका भकिम्लीवासी विद्यालय भवन निर्माणका लागि सहयोग अभियानमा जुटेका थिए।
_x000D_
_x000D_
जिल्ला शिक्षा कार्यालयले भवन निर्माणका लागि ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउनुबाहेक अन्य कतैबाट सहयोग प्राप्त हुने नदेखेपछि विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले वैदेशिक रोजगारीमा गएका भकिम्लीवासीलाई गुहारेका थिए।
_x000D_
_x000D_
‘विद्यालय भवन निर्माणका लागि प्रवासमा रहेका भकिम्लेलीबाट मनग्य सहयोग भएको छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् बेनपा–३ का वडाध्यक्ष पदम पुनले भने, ‘दिनरात पसिना बगाएर विदेशमा श्रम गर्ने व्यक्तिहरुबाट प्राप्त सहयोगले गाउँका बालबालिकाले सुविधा सम्पन्न भवनभित्र बसेर अध्ययन गर्न पाउने भएका छन्, प्रवासी भकिम्लेलीप्रति हामी भकिम्लीवासी आभारी छौँ।’
_x000D_
_x000D_
प्रवासी भकिम्लेलीको सहयोगमा अहिले २० कोठे भूकम्प प्रतिरोधी भवन निर्माण सम्पन्न भइसकेको छ। विद्यालयले अत्याधुनिक प्रविधिको मेसिन खरिद गरी गाउँमा इँटा बनाएर भवन निर्माण गरेको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।