काठमाडौं– प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिष बक्सिङ प्रतियोगितामा लक्ष्मी घर्तीमगर र शिवानी श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन्।
_x000D_
_x000D_
शनिबार भएको महिला यु२४ को फेदर वैट ५७ केजी तौल समूहमा अल्फाकी लक्ष्मी घर्तिमगरले भक्तपुरकी पुनम कर्माचार्यलाई अंकको आधारमा ३–२ ले पराजित गरेकी थिइन्।
_x000D_
_x000D_
सोही तौल समुहमा नक्सालकी शिवानी श्रेष्ठले बानुजकी विभासा श्रेष्ठलाई ३–२ अंकको आधारमा पराजित गर्दै फाईनलमा लक्ष्मीसँग भेट गर्ने पक्का गरेकी थिइन्।
_x000D_
_x000D_
त्यसैगरी पुरुष यु २४ अन्तर्गत ४९ केजी तौल समूहमा काठमाडौं बक्सिङ क्लबका दिपेश राई र सुनसरीका विशाल राईले फाईनलमा प्रवेश गरे।
_x000D_
_x000D_
पुरुष ५२ केजी तौल समुहमा ललितपुका बुद्ध ग्याम्जो लामा र सेन्ट्रल बक्सिङ्गका जीवन कुमार पुनले उपाधि भिडन्त पक्का गरेका छन् । वेन्टम वेट ५६ केजी तौल समुहमा कास्कीका पुरन रास्कोटी र भक्तपुरका सुजन पौडेलले पनि फाईनलमा भेट पक्का गरेका छन् । पुरुष लाइट वेट ६० केजी तौल समुहमा रोल्पाका दिल बहादुर घर्तिमगर र नक्सालका मौसम रानामगर पनि फाईनलमा प्रवेश गरेका छन्।
_x000D_
_x000D_
लाईट वैल्टर वैट ६४ केजी तौलसमुहमा कास्कीका पवन गुरुङ्ग र नक्सालका विवेक वीर गुरुङ्गले फाईनलमा जम्का भेट गरेका छन् । वेल्टर वैट ६९ केजी तौल समुहमा जिमखानाका अनमोल घले र रेजका कोशिष श्रेष्ठ बीच फाईनलमा घम्सा घम्सी हुने पक्का भएको छ । पुरुष ७५ केजी तौल समुहमा टिकाथलीका प्रिन्स खडका र पाटनका सुमन महर्जनले आ–आफ्ना प्रतिद्वन्दिहरुलाई पराजित गर्दै फाईनल प्रवेश गरेका छन्।
_x000D_
_x000D_
त्यसैगरी महिला यु १९ अन्तर्गत लाइमा ४८ केजी तौल समूहमा अल्फाकी सुशीला थापा र नक्सालकी रमीशा श्रेष्ठले आप्mना प्रतिद्वन्दिलाई पराजित गर्दै फाईनलको यात्रा तय गरे । ५१ केजी तौल समुहमा नक्साल बी की सुमिना खडका र नक्साल ए की तेजी गुरुङ्गले फाईनलमा प्रवेश गरे । वेन्टम वैट ५४ केजी तौल समुहमा नक्साल ए की लाक्पा दिकी शेर्पा र नक्साल की अलिशा खड्गीले फाइनलमा भेट पक्का गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।