काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिगअन्तर्गत हिमालयन शेर्पा क्लब तेस्रो स्थानमा उक्लिएको छ। शनिबार भएको खेलमा शेर्पाले जवालाखेल युथ क्लबलाई २–१ गोलले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको हो।
_x000D_
_x000D_
शेर्पाको जितमा दुवै गोल कर्ण लिम्बुले गरे। लिम्बुले खेलको ६६ मिनेटमा पहिलो गोल गरे। विश्वास श्रेष्ठको प्रहार डिफ्लेक्ट भएर फर्किएको बललाई कर्णले जाली चुमाएका थिए। कर्णले खेलको ७५ मिनेटमा हिमालयन शेर्पाको अग्रता दोब्बर पारे।
_x000D_
_x000D_
खेलको ८६ मिनेटमा शेर्पाका आसिस गुरुङले आफ्नै पोस्टमा गोल गर्दा जवालाखेलाई फाइदा पुग्यो। इन्जुरी टाइममा जवालाखेलका फोफनाले पाएको सुन्दर मौका गुमाउँदा शेर्पाले महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो। यो जावलाखेलको लगातार तेस्रो हार हो।
_x000D_
_x000D_

_x000D_
_x000D_
यता अर्को खेलमा सरस्वती युथ क्लबले फ्रेन्ड्स क्लबलाई ३–० गोलले पराजित गरेको छ। जारी लिगमा सरस्वतीको पहिलो जित हो। फ्रेन्ड्सले लगातार तेस्रो खेलमा पराजित भयो।
_x000D_
_x000D_
सरस्वतीको जितमा भिक्टरले १४ मिनेटमा पहिलो गोल गरे। त्यसअघि फ्रान्सिसले प्राप्त सुन्दर मौकामा हेडमार्फत गोल गर्न चुके। ७३ मिनेटमा भने फ्रान्सिस चुकेनन्। उनको गोलमार्फत सरस्वती अग्रता दोब्बर पार्न सफल भयो। ८३ मिनेटमा सरस्वतीका ओलुसोलाले तेस्रो गोल गरेका थिए।
_x000D_
_x000D_
योसँगै लिगमा तेस्रो चरणको खेल सकिएको छ। तेस्रो चरणसम्म लगातार तीन जित सहित मनाङ मर्स्याङ्दी अंक तालिकाको दोस्रो स्थानमा छ। संकटा क्लबले पनि लगातार तेस्रो जित हात पारेको छ।
_x000D_
_x000D_
अंक तालिका
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।