काभ्रे– बनेपाकाे डम्पिङ साइटमा फाेहर बालेपछि पूरै सहर प्रदुषित भएकाे छ।
_x000D_
_x000D_
बनेपा नगरपालिका– ७ श्रीखण्डपुरमा रहेकाे डप्पिङ साइटमा फाेहर बालेपछि धुलिखेल, बनेपा र पनाैतीका अधिकांश स्थान प्रदुषित भएका हुन्।
_x000D_
_x000D_
हिजाे साँझ ५ बजेतिर बालेकाे फाेहरकाे धुँवा र दुर्गन्धले असह्य भएपछी स्थानीयबासीले अवराेध गरेका थिए।
_x000D_
_x000D_
धुलिखेलकाे सिमाना नजिक भएकाले धुलिखेल ५ का स्थानीयबासी सबैभन्दा बढी प्रभावित भएकाे धुलिखेल ५ का वडाध्यक्ष गंगासागर रञ्जितकारले बताए।
_x000D_
_x000D_
उनका अनुसार अहिले दम्कलमार्फत अागाे निभाउने प्रयास भइहेकाे छ।
_x000D_
_x000D_
घटनाकाे बारेमा अाफैं गएर बुझेपछि बनेपा नगरकाे मेयरलाई सम्पर्क गर्न खाेज्दा फाेन नउठेकाे वडाध्यक्ष रञ्जितकारले बताए।
_x000D_
_x000D_
प्रदुषित धुँवाले स्थानीयमा अाँखा पाेल्ने,स्वास फेर्न गाह्राे हुने लगायतका समस्या देखिएकाे छ।
_x000D_
_x000D_
वडाध्यक्ष रञ्जितकारका अनुसार स्थानीयले करिब २० वर्षदेखि याे समस्या भाेग्दै अाएका छन्।
_x000D_
_x000D_
बनेपा वडा नं ७ काे पहलमा फाेहरमा अागाे लगाइएकाे स्थानीयकाे अाराेप छ। तर, अागाे कसले लगायाे भन्ने कुरामा अाफू बेखबर भएकाे बनेपा वडा ७ का वडाध्यक्ष वर्ण शाक्यले बताए। 'हामीले जानी–जानी गरेका हाेइनाैँ, कसले बालेकाे भन्ने जानकारी मलाई पनि छैन,' वडाध्यक्ष शाक्यले भने।
_x000D_
_x000D_
तर, वडाले नै गरेकाे भन्दै स्थानीयले अाक्राेस समेत व्यक्त गरेका छन्।
_x000D_
_x000D_
बनेपा नगरपालिकाको गेटै अगाडि पनि फोहोरको डंगुर छ। तर, नगरपालिकाले भने कुनै चासाे नदेखाएकाे बनेपा नगरबासीकाे गुनासाे छ।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।