लुम्बिनी– अज्ञात समूहले गाेली प्रहारबाट कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा एक जनाको हत्या भएको छ।
_x000D_
_x000D_
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यकाे स्वतन्त्र उम्मेदवार बनेका शुद्धोधन गाउँपालिका ४ बस्ने ३० वर्षीय दीपेन्द्रबहादुर चौधरी (राजाबाबु) को हत्या भएको ह।
_x000D_
_x000D_
शुद्धोधन गाउँपालिका ४ मोतीभारीस्थित आफ्नै घर नजिकैको सडकमा शुक्रबार राति उनीमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
नजिकै घर भएका एक व्यक्तिसँग विवाद हुँदा राति झन्डै १० बजेतिर चौधरीमाथि गोली प्रहार भएको हो।
_x000D_
_x000D_
गोली लागेर गम्भीर घाइते भएका उनलाई लुम्बिनीस्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका क्रममा भैरहवास्थित मेडिकल कलेजमा लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक सन्तोष पोख्रेलले जानकारी दिए।
_x000D_
_x000D_
उनका अनुसार हत्या गरिएको स्थानमा गोलीका ३-४ खोका भेटिएका छन्। केही शंकास्पद व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पाेख्रेलले जानकारी दिए।
_x000D_
_x000D_
चौधरीको शव अहिले मेडिकल कलेज भैरहवामा राखिएको छ।
_x000D_
_x000D_
_x000D_
_x000D_
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।