• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

होटल हयातमा सरकारको शेयर घटेको–घट्यै, किन हुँदैन छानबिन?

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ७, २०७५  १४:५४
1140x725

काठमाडौं– हयात होटलमा सरकारकाे शेयर ३९ दशमलब ७७ प्रतिशतबाट घटेर ९ दशलमब ०१ प्रतिशतमा आइपुगेको छ। तर, सरकार छानबिन गर्न भने मौन छ।

_x000D_ _x000D_

हाेटलमा तारागाँउ विकास समिति (सरकार), राधेश्याम सर्राफ समूह र आइसिटिसी (श्रेष्ठ) समूहको लगानी छ।

_x000D_ _x000D_

राधेश्याम सर्राफ र श्रेष्ठ समूहले गरेको 'अत्याचार'को छानबिन गर्ने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषद्‍मा पेस गरेको प्रस्ताव पनि दराजमै थन्किएको छ।

_x000D_ _x000D_

मन्त्रालयले 'तारा गाउँ रिजेन्सी होटल हयात'को विषयमा तारा गाउँ विकास समिति, सर्राफ तथा श्रेष्ठ समूहबीच रहेको विवाद समाधानका लागि आवश्यक छानबिन गरी प्रतिवेदन पेस गर्न कार्यदल गठनको लागि मन्त्रिपरिषद्‍बाट राय माग गरेको थियो।

_x000D_ _x000D_

गत साउन २१ गते मन्त्रिपरिषद्‍मा प्रस्ताव पेस गरेपनि ४ महिना हुँनै लाग्दा पनि कुनै निर्णय हुन नसकेको मन्त्रालयका सचिव कृष्ण देवकोटाको भनाइ छ। देवकोटाले शुक्रबार सिंहदबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा यस्तो तथ्य खुलासा गरेका हुन्।

_x000D_ _x000D_

तर, ४ महिना हुँदा पनि अध्ययन कार्यदल गठनको लागि मन्त्रिपरिषद्‍बाट अनुमोदन नहुनुमा सरकारी तवरबाट होटल हयातको सम्पत्तिमा 'रजार्इं' भएको तथ्य खुल्न आउँछ।

_x000D_ _x000D_

कसरी सुरु भएको थियो होटल हयात?

_x000D_ _x000D_

२०४९ सालमा तारा गाउँ विकास समिति, राधेश्याम सरार्फसहितको संयुक्त लगानीमा काठमाडौंको तारा गाउँ क्षेत्रमा 'तारा गाउँ रिजेन्सी होटल लिमिटेड' खोल्ने सहमति भएको थियो। त्यसका लागि तारा गाउँ विकास समितिअन्तर्गत रहेको ३ सय ४ रोपनी जग्गामध्ये १ सय ५० रोपनी जग्गा प्रतिरोपनी १० लाख रुपैयाँका दरले समितिले शेयर लगानी गर्ने सहमति भएको थियो। यसैगरी, १ सय ५४ रोपनी जग्गा भाडाको रुपमा दिने सहमति भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

सोहीअनुरुप तारा गाउँ विकास समिति तथा राधेश्याम सर्राफ समूह र आइसिटिसी समूह (जोइन्ट भेन्चर) बीच होटल स्थापनामा संयुक्त लगानीको समझदारी भएको थियो। सम्झौतामा तारा गाउँ विकास समितिअन्तर्गत रहेको ३ सय ४ रोपनी जग्गामध्ये १ सय ५० रोपनी जग्गा समितिले शेयरमा लगानी गर्ने, बाँकी होटल सञ्चालन भएको ५ वर्ष भित्र शेयरमा हस्तान्तरण गर्ने तथा होटलको कुल लागत १ सय ३० करोड रुपैयाँ रहने सम्झौता भएको थियो। आइसिटिसी समूहले पछि मात्रै राधेश्याम सर्राफ समूहसँग 'जाेइन्ट भेन्चर'काे रुपमा हाेटल सञ्चालनमा हिस्सेदारी लिएकाे हाे।

_x000D_ _x000D_

सभ्झौतामा नेपाली कंला संस्कृति झल्काउने न्युनतम ३ सय कोठासहितको पर्यटन केन्द्र निर्माण गर्ने उल्लेख थियो। होटल सुरु भएको २५ वर्षमा पनि यो केन्द्र स्थापना भएको छैन। यसरी निर्माण हुने होटलमा तारागाउँ विकास समितिको १७ करोड लगानी (जग्गावापत) ३९ दशमलब ७७ प्रतिशत सेयर रहने सम्झौता भएको थियो।

_x000D_ _x000D_

यसैगरी सर्राफ समूहको १५ करोड ४५ लाख र श्रेष्ठ समूहको १० करोड ३० लाख रुपैयाँ लगानीसहित ६० दशमलब २३ प्रतिशत सेयर रहने उल्लेख छ। तर, अहिले सर्राफ तथा श्रेष्ठ समूहले तारागाउँ विकास समितिको सेयर ९ दशमलब ०१ प्रतिशत मात्रै रहेको दाबी गरेसँगै विवाद भएको छ।

_x000D_ _x000D_

तारागाउँको जग्गा कब्जा गर्ने दाउमा सर्राफ र श्रेष्ठ समूह

Xtrem

Xtrem
_x000D_ _x000D_

होटलले आगेटेको ३ सय ४ रोपनी जग्गा तारा गाउँ विकास समितिको हो। २०४९ सालमा मन्त्रिपरिषद्को निर्णयबाट एक सय ५० रोपनी जग्गा प्रतिरोपनी १० लाख रुपैयाँका दरले जति रकम हुन्छ, त्यो शेयरमा लगानी गर्नेगरी होटल स्थापना भएको थियो। यसवापत समितिको ३९ दशमलब ७७ प्रतिशत सेयर रहने सम्झौता भएको थियो। जसमा १ सय ५० रोपनी जग्गाबाट १५ करोड, पुरानो भवन सहितको अन्य संरचनाको एक करोड १९ लाख ४२ हजार र सम्भायता अध्ययनको ८० लाख ५८ हजार रुपैयाँ गरी १७ करोड रुपैयाँ होटलमा समितिको लगानी रहेको देखिन्छ।

_x000D_ _x000D_

यसरी सुरु भएको काममा तारा गाउँ विकास समितिको तर्फबाट ३ जना होटल सञ्चालन समितिमा रहने भनिएको थियो। यो व्यवस्था ३ वर्ष अगाडिसम्म कायमै थियो। तर, अहिले सर्राफ तथा श्रेष्ठ समूहले सबै सम्पत्ति कब्जा गर्ने दाउमा सेयर घटेको भन्दै एक जना मात्रै प्रतिनिधि समितिमा बस्न भनेको छ।

_x000D_ _x000D_

यसैगरी, होटल निर्माणमा आवश्यक सामान आयातमा समेत सरकारले ५ प्रतिशत भन्सार छुट दिएको थियो।

_x000D_ _x000D_

होटल हयातको विषयमा तारागाउँ विकास समितिका अध्यक्ष नारद कुमार लुइँटेलले संसदीय समितिमा दिएको अभिव्यक्ति:

_x000D_ _x000D_

तीन वर्ष अगाडिदेखि श्रेष्ठ एन्ड सर्राफ समूहले तिमीहरुको सेयर ९ दशमलब ०१ प्रतिशतमा झरेका कारण बोर्डमा एक जना मात्रै आउनु भनेर पत्राचार भएको रहेछ। अहिले होटलमा प्रयोग भएको जग्गाको मुल्यांकन गर्दा १२ अर्ब हुन आउँछ। तर,  सरकारको जग्गामा होटल सञ्चालन गर्न दिँदा जग्गा पनि छैन, एक रुपैयाँ नाफा पनि छैन।

_x000D_ _x000D_

जग्गा अर्काको नाममा भइसकेको छ। एउटा छानबिन समिति गठन भएको थियो। अर्थ मन्त्रालयबाट आन्तरिक राजस्व विभागका उपमहानिर्देशक, पर्यटन मन्त्रालयबाट सहसचिव, तारा गाउँ विकास समिति बोर्ड प्रतिनिधि तथा पर्यटन बोर्डका कार्यकारी निर्देशकसहितको टोलीले गरेको छानबिनले समेत दुवै समूह जग्गा कब्जा गर्ने रणनितिमा रहेको ठहर गरेकाे थियो।

_x000D_ _x000D_

त्यसमा पनि सुरुको दिनमा उहाँहरुले २५ करोड ७५ लाख रुपैयाँ लगानी गरेको  देखिन्छ। त्यसमा पनि हाम्रो विस्तृत अध्ययन ८० लाख रुपैयाँमा किनेको र उहाँहरुले नयाँ विस्तृत अध्ययन गर्दा २३ करोड रुपैयाँ खर्च गरेको देखाइएको छ। यो हिसाबले अब उनीहरुको लगानी २ करोड रुपैयाँ मात्रै रहेको देखिन्छ।

_x000D_ _x000D_

होटल १ सय ३० करोड रुपैयाँमा बन्छ भनेर सम्झौता भएको थियो। तर, एक वर्षपछि त्यो बढेर १ सय ५० करोड रुपैयाँ पुगेको छ। अझै रमाइलो कुरा होटल निर्माण सकिँदा ३ सय ४ करोड रुपैयाँ लाग्यो। अब होटल कसरी नाफामा चल्छ? लगानी गरेको २५ करोड, विस्तृत अध्ययनमा २२ करोड ७६ लाख रुपैयाँ कसरी खर्च भयो?

_x000D_ _x000D_

१५ करोड रुपैयाँमा एक सय ५० रोपनी जग्गा आउँथ्यो भने त्यसबेला नै १५ सय रोपनी जग्गा किन्ने सरकारको रकम त्यहाँ डुबेको देखिन्छ। सुरु देखिनै उनीहरु होटल सञ्चालन गर्न भन्दा पनि जग्गा नै कब्जामा लिने गरी अगाडि बढेको देखिन्छ।

_x000D_ _x000D_

हामीलाई अहिले कुनै डकुमेन्ट दिइएको छैन। सञ्चालक समितिमा ३ जना बोलाएको अवस्थामा मात्रै जाउँला भनेर तीन वर्षदेखि गइएको छैन। यो विषय राखेको तीन वर्ष हुँदा पनि कोही बोलेको छैन। तीन वर्षदेखि होटेलको कुनै पनि प्रक्रियामा हामी सहभागी छैनौं।

_x000D_ _x000D_

उहाँहरु एक जना कार्यकारी निर्देशक, प्रबन्ध निर्देशक, अध्यक्ष हुनुहुन्छ। म्यानेजमेन्ट उहाँहरुकै कन्ट्रोलमा, उहाँहरुले जे हिसाब दिनुहुन्छ, हामीले त्यही मान्न परेको अवस्था छ। सरकार तथा पब्लिकको लगानीमा रजार्इं भएको छ।

_x000D_ _x000D_

अझै वास्तु गर्दा मात्रै ४ करोड खर्च भएको देखाइएको छ। त्यो बेलामा ४० रोपनी जग्गा दिएर वास्तु गराइएछ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०७५  १४:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ बिहीबार, असोज १५, २०८३
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्