• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ३०, २०८३ Sat, Aug 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

व्यापारी दिपक मलहोत्राको चलखेल : नक्कली कम्पनी खडा गरी निर्यातै नगरेको मोबाइलमा पनि शतप्रतिशत भ्याट फिर्ता

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ७, २०७५  १३:०५
1140x725

काठमाडौं– व्यापारी दिपककुमार मलहोत्राले नक्कली कम्पनी खडा गरी मोबाइल निर्यातमा लाग्ने भ्याट रकम फिर्ता लिने गरेको खुलासा भएको छ। सामसुङ मोबाइलको आधिकारीक बिक्रेताको रुपमा रहेका मलहोत्राले शतप्रतिशत कर छली गरेका हुन्। सरकारले भ्याट समायोजनको नीति परिवर्तन गरेपछि पनि मलहोत्राले नक्कली कम्पनी बनाएर आर्थिक अपराध गरेका हुन्।

_x000D_ _x000D_

मलहोत्राको उक्त कदमलाई सर्वाेच्चले समेत साथ दिएको छ। ठूला करदाता कार्यालयले मलहोत्राले नक्कली कम्पनी खडा गरी निर्यातै नगरेको मोबाइलको पनि शतप्रतिशत भ्याट फिर्ता लिँदै आएको रहस्य पत्ता लगाएपछि सो रकम फिर्ता हनुपर्ने माग गर्दै ठूला करदाता कार्यालय सर्वोच्च पुगेको हो।

_x000D_ _x000D_

यस्तो थियो घटना

_x000D_ _x000D_

मलहोत्राले आर्थिक वर्ष २०७२/०७३, २०७३/०७४ मा यही प्रक्रियाबाट शतप्रतिशत भ्याट फिर्ता लिएका थिए। त्यसैगरी, २०७४/०७५ का लागि पनि उसले सोही प्रक्रियाअनुसार २०७४ श्रावणदेखि चैत मसान्तसम्म विदेशमा निकासा गरेको मोबाइलको आन्तरिक खरिद गरे बापतको ११ करोड ४२ लाख २८ हजार १ सय ३८ रुपैयाँ दाबी गरेका थिए। सो मागदाबी गर्दै उनले ठूला करदाता कार्यालयमा २०७५ जेठ १ गते निवेदन दिएका थिए। उक्त निवेदनमा ठूला करदाता कार्यालयले कुनै जवाफ दिएको छैन।

_x000D_ _x000D_

गत साउन ७ गते पुनः मलहोत्राको नक्कली कम्पनीले २०७४ साउन १ देखि जेष्ठ मसान्तसम्मको भन्दै आन्तरिक खरिदमा भुक्तानी गरेको मुल्य अभिवृद्धि कर १४ करोड ४८ लाख ३९ हजार ६ सय ६४ रुपैयाँ फिर्ताका लागि ठूला करदाता कार्यालयमा निवेदन दिएका थिए।

_x000D_ _x000D_

दोस्रो पटक कम्पनीले निवेदन दिएपछि ठूला करदाताको कार्यालयले आर्थिक ऐन २०७४ ले दिएको मूल्य अभिवृद्धि कर ऐन बमोजिम ४० प्रतिशत कर फिर्ताको सुविधा उपयोग नगरी फर्जी कम्पनी खडा गरी शतप्रतिशत फिर्ता लिने योजना देखिएको भन्दै फिर्ता दिन नमिल्ने जवाफ २०७५ भदौ २५ गते दिएको देखिन्छ।

_x000D_ _x000D_

मूल्य अभिवृद्धि ऐन २०५२ मा नेपालमा आयात भएको वस्तु मूल्य अभिवृद्धि गरी पुनः विदेशमा निर्यात गर्दा भ्याट वापतको रकम फिर्ता पाउने व्यवस्था गरिएको छ।

_x000D_ _x000D_

हिमालय इलेक्ट्रोनिक्स नामको कम्पनी खडा गर्दै मलहोत्राले जनताबाट उठाएको करसमेत असुल गर्ने प्रयास गरेको भन्दै ठूला करदाता कार्यालयले रोक लगाउने निर्णय गरेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

ठगी गर्ने कम्पनी मलहोत्राको भएको कसरी खुल्यो?

_x000D_ _x000D_

मलहाेत्राकाे कम्पनीले चीन, भियतनाम लगायत विभिन्न देशमा बनेका सामसुङ मोबाइल सेट सामसुङ इन्डिया इलेक्ट्रोनिक प्रालिबाट खरिद गर्ने गरेकाे थियो। उक्त सेटहरु युएईको कृष्ण इन्टरनेसनल फिज दुबईलाई बिक्री गरेको देखाइएको छ। त्रिभुवन विमानस्थल भन्सार कार्यालयमार्फत नेपाल आयात भएका सेटहरु हवाई मार्गबाटै निर्यात गरिँदै आएको देखिएकाे छ। तर विश्व बजारमा नेपालबाट मोबाइल निर्यात हुँदैन।

_x000D_ _x000D_

इन्टिग्रेटेड मोबाइल सोलुसन्स प्रालि मलहोत्राको परिवारको नाममा रहेको र उक्त कम्पनीबाट हिमालयले सामसुङ मोबाइल खरिद गरी दुबईमा बिक्री गर्ने गरेकाे देखाइएकाे छ। हिमालय इलेक्ट्रोनिक्स मलहोत्राका कर्मचारी डिल्लीराम पोखरेलको नाममा एकल स्वामित्वको रुपमा देखाइएको छ। तर, ठूला करदाता कार्यालयले अनुसन्धान गर्दा २०७५ जेठ ३१ गते पोखरेलले दिएको बयानका आधारमा मलहोत्राले नक्कली कम्पनी खडा गरी शतप्रतिशत भ्याट फिर्ता लिने गरेको रहस्य खुलेको हो।

_x000D_ _x000D_

राजश्व विभागको अनुसन्धानमा देखिएका अनौठा तथ्य

_x000D_ _x000D_

–    डिल्लीराम पोखरेलको कम्पनी २ वर्षसम्म एकल स्वामित्वमा सञ्चालन भएको देखाउनु।

_x000D_ _x000D_

–    कम्पनीको अधिकृत तथा चुक्ता पूँजी कति हो यकिन नहुनु।

_x000D_ _x000D_

–    कम्पनीबाट विभिन्न समयमा रकम झिकिनु तर उक्त रकम पोखरेलको नाममा नभई अन्यकै नाममा झिकिनु।

_x000D_ _x000D_

–    उक्त रकमबाट तेस्रो व्यक्तिको नाममा व्यक्तिगत जग्गा खरिद हुनु।

_x000D_ _x000D_

–    यसरी खरिद गरिएको जग्गा यकिन नहुनु।

_x000D_ _x000D_

–    उक्त जग्गा कसलाई बिक्री गरियो भन्ने कुराको जानकारीसम्म पोखरेललाई नहुनु।

_x000D_ _x000D_

–    एकल सञ्चालक रहेको संस्थाको व्यक्तिसँग कुनै परिचयपत्र र त्यसलाई पुष्टि गर्ने प्रमाण नहुनु।

_x000D_ _x000D_

–    आफ्नो एकल कम्पनीले गायत्री डेभलपर्स समेतसँग २–२ करोड रुपैयाँ लेनदेन गरेको तर उक्त रकम लेनदेनमा पोखरेल अनविज्ञ हुनु।

_x000D_ _x000D_

–    कम्पनीले को–को सँग कति कारोबार गरेको छ त्यसको विवरण पोखरेलसँग नभएको बयान दिनु।

_x000D_ _x000D_

मलहोत्रा परिवारको कम्पनीको जेरी घुमाई

_x000D_ _x000D_

नेपालमा सामसुङ मोबाइल खरिदका लागि चर्चित मलहोत्रा परिवारले यो प्रकरणमा तीन वटा कम्पनी निर्माण गरी जेरी घुमाई गर्दै जनताको राजश्व आफ्नो खातामा सार्दै आएको देखिन्छ।

_x000D_ _x000D_

कम्पनी कसका हुन्?

_x000D_ _x000D_

सेलुलर मोबाइल फोन पैठारी गर्ने इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स प्रालिले आइएमएस वर्ल्डलाई करीब ३ चौथाइ बिक्री गरेको र शेयर धनीको दर्ता किताबमा इन्टिग्रेटेड प्रालिका सञ्चालक मलहोत्राको ५१ प्रतिशत शेयर स्वामित्व रहेको उल्लेख छ। उनकी श्रीमती सविता मलहोत्रा र छोरा दिकेश मलहोत्रासमेत सञ्चालक रहेको आइएमएस वर्ल्डमा पनि दुई जनाको गरी ५१ प्रतिशत शेयर स्वामित्व उल्लेख छ।

_x000D_ _x000D_

आइएमएस, एलाइटेड, हिमालय र गायत्री कम्पनी पैसा घुमाएर राजश्व लुट्न खडा गरिएका कम्पनी भएका ठूला करदाता कार्यालयले सर्वोच्चमा हालेको निवेदनमा जिकिर गरिएको छ। ठूला करदाता कार्यालयको दाबीअनुसार मलहोत्रा परिवारले शंकास्पद रुपमा एक कम्पनीबाट अर्को कम्पनीमा बिना प्रयोजन रकमसमेत राख्ने र निकाल्ने गरेको उल्लेख छ।

_x000D_ _x000D_

कारोबार नै नभएको कम्पनीलाई पटक–पटक भुक्तानी

_x000D_ _x000D_

२०७४ भाद्र १९ गते हिमालय इलेट्रिनिक्सले नेपाल इन्भेष्टमेन्ट बैक न्यूरोड शाखाबाट २ करोड रुपैयाँ भुक्तानी लिएको देखाउँछ। सोही पछि गायत्रीले मलहोत्राको नाममा रहेको कम्पनी इन्टिग्रेटेडलाई ३ करोड १६ लाख २० हजार अग्रीम रकम भनि भुक्तानी गर्छ। यसले उक्त कम्पनी मलहोत्राकै रहेको प्रष्ट हुन्छ।

_x000D_ _x000D_

पोखरेल एलाइटेड ट्रेड लिन्कको कर्मचारी भएको र उक्त कम्पनीबाट तलब लिन विवरण पेस गरेको आन्तरिक राजश्व विभागको विवरणमा उल्लेख छ। २०७३/०७४ मा आइएमएस वर्ल्डले पेस गरेको विवरणअनुसार एलाइटेड ट्रेड लिंकले कुनै कारोबार बिना नै आइएमएसलाई ९ करोड ८४ लाख ९ हजार ८ सय ८९ रुपैयाँ रकम उपलब्ध गराएको छ। यी कारोबारले हिमालय, एलाइटेड र आइएमएस वर्ल्ड एउटै कम्पनी रहेको पुष्टि हुन्छ। जुन, मलहोत्राले आफू अनुकूल व्यापार देखाउन र रकम चलखेल गर्न खडा गरेको देखिन्छ।

_x000D_ _x000D_

त्यसैगरी, कुनै व्यापारिक सम्बन्ध नभएको कम्पनी इन्टिग्रेटेड मोबिलिटी सोलुसन्सलाई हिमालय इलेक्ट्रोनिक्सले २०७४ कात्तिक १२ गते इन्भेस्टमेन्ट बैंककै खातामा २० हजार अमेरिकी डलर बिना कारोबार दिन्छ। त्यस्तै, २०७४ पुस २७ गते १ हजार ५ सय अमेरिकी डलर निकासा गरिदिन्छ। यो रकम एकमुष्टमा २४ लाख २४ हजार रुपैयाँ बराबर हुन आउँछ।

_x000D_ _x000D_

सर्वोच्चले जारी गर्‍याे मलहोत्राको पक्षमा आदेश

_x000D_ _x000D_

ठूला करदाता कार्यालयले मलहोत्राको कम्पनीबाट भ्याट फिर्ता माग्न पटक–पटक पत्र लेखेपछि शंका लागेर अनुसन्धान गर्दा ३ वटा कम्पनीमार्फत शतप्रतिशत फिर्ता लिने गरेको रहस्य खुल्छ। लगत्तै उनले कर फिर्ता नहुने र विचौलिया कम्पनी खडा गरेर जनताबाट उठाएको भ्याट फिर्ता नहुने जवाफ दिन्छ।

_x000D_ _x000D_

ठूला करदाताको उक्त जवाफपछि मलहोत्रा सिधै सर्वोच्च अदालत पुग्छन्। मलहोत्राले आर्थिक ऐनको व्यवस्था देखाउँदै भ्याट फिर्ता पाउनु पर्ने दाबी गर्दै २०७५ असोज ६ गते रिट दायर गर्छन्। उक्त रिटमा सुनुवाई गर्दै असोज १० गते न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलाशले अन्तरिम आदेश जारी गर्छ।

_x000D_ _x000D_

बजेटले समेत रोक लगाएको भ्याट फिर्ता दिन उक्त इजलाशले आदेश दिएपछि ठूला करदाता कार्यालय त्यसविरुद्ध सर्वोच्च पुग्छ। असोज १० गते सर्वोच्चको यस्तो आदेश पाएपछि कात्तिक १३ गते ठूला करदाता कार्यालयले ‘भ्याकेट’को निवेदन दायर गर्दछ। कात्तिक २८ गते सर्वोच्चले मलहोत्रालाई जानकारी दिने भन्दै एक सातामा आउन भनी दुवै पक्षलाई छलफलमा बोलाउँछ।

_x000D_ _x000D_

दुवै पक्षको उपस्थितिमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश डम्बरबहादुर शाहीको इजलाशले भ्याट फिर्ता दिनु भनी यसअघि एकल इजलाशले जारी गरेको आदेशलाई निरन्तरा दिने आदेश सुनाउँछ। यो आदेशपछि मलहोत्राले नक्कली कम्पनीको निर्यात देखाँउदै दाबी गरेको रकम पाउने निश्चित देखिन्छ।

_x000D_ _x000D_

ठूला करदाता कार्यालयले मलहोत्राको कम्पनी आफैंले खरिद गर्ने र उक्त समयमा पनि भ्याट फिर्ता लिने, बिक्री गरेको भन्दै नयाँ आफ्नै कम्पनीमा लैजाने र सोबाट तेस्रो देशमा निर्यात गर्ने नाममा समेत जनताबाट असुल भएको राजश्व लगिएकोले अन्तरिम आदेश खारेज हुुनुपर्ने जिकिर गरेपनि प्रधानन्यायाधीशको इजलाशले मलहोत्रामाथि अन्याय हुने भन्दै फिर्ता दिनु भनी आदेश जारी गर्दछ।

_x000D_ _x000D_

प्रधानन्यायाधीशसहितको उक्त आदेशपछि ठूला करदाता कार्यलयले आन्तरिक राजश्व हुँदै यो कुराको जानकारी अर्थमन्त्रीलाई समेत गराएको छ।

_x000D_ _x000D_

मोबाइलको भ्याट फिर्तामार्फत राजश्व चुहावट रोक्ने अभियानमा सर्वोच्चको आदेशले बाधा गरेको भन्दै मन्त्रालय पुनः छलफलमा रहेको आन्तरिक राजश्व स्रोतले जनाएको छ।

_x000D_ _x000D_

कोे हुन् मलहोत्रा?

_x000D_ _x000D_

मलहोत्रा विभिन्न समय विवादमा पनि आउने गरेका छन्। लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुदाँ मलहोत्रा उनको व्यापारिक साझेदार भएको आरोप लागेको थियो। कार्कीको बानेश्वर हाइटको घर भाडामा लिएर मलहोत्राले सामसुङ मोबाइलको गोदाम बनाएका थिए।

_x000D_ _x000D_

भूकम्पपीडितका लागि शहरी विकास मन्त्रालयले खरिद गरेको त्रिपालमा समेत उनको नाम जोडिएको थियो। सरकारले मलहोत्राको संलग्नतामा भारतबाट खरिद गरेको त्रिपाल न्यून गुणस्तरको भएको पाइएको थियो। अख्तियारले पहुँचको भरमा उनीमाथि भने मुद्दा नचलाएको वा उनको संलग्नता खुलाउन नसक्दा मुद्दा चलाउन नसकेको हो? भन्ने प्रश्न उठेको थियो। अन्य विभिन्न प्रकरणमा पनि उनको नाम जोडिएर आउने गरेको छ।

_x000D_ _x000D_

मलहोत्रा आइएमएसको कार्यकारी निर्देशक हुन्। उनको दरबारमार्गमा इविसु ज्वेलर्स नामको  सुन पसलसमेत छ। आइएमएस ग्रुप नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक बिक्रेतासमेत हो।

_x000D_ _x000D_

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०७५  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे
सम्बन्धित सामग्री
पत्रकार श्रेष्ठको घर र कार्यालयमा खानतलासी उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार किशोर श्रेष्ठको घर र कार्यालयमा खानतलासी गरेको छ। बिहीबार, साउन २८, २०८३
माधव नेपाल प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउने आदेश मंगलबार विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा यस्तो आदेश गरेको हो । मंगलबार, साउन २६, २०८३
इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या कफी वा चियाको तुलनामा इनर्जी ड्रिंक्सको एउटै क्यान वा बोतलमा धेरै मात्रामा क्याफिन हुन सक्छ, जुन कहिलेकाहीँ धेरै कप कफी बराबर हुन्छ।... मंगलबार, साउन २६, २०८३
ताजा समाचारसबै
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने शनिबार, साउन ३०, २०८३
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? शनिबार, साउन ३०, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्