काठमाडौं– सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा संकटाले लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबसँग अंक बराबरी गरेको छ।
_x000D_
_x000D_
संकटाले आफ्नो तेस्रो खेलमा शुक्रबार मच्छिन्द्र फुटबल क्लबलाई २–० गोलले पराजित गर्यो। दुवै टिमले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए।
_x000D_
_x000D_
संकटाले खेलको ६४ मिनेटमा अग्रता लिन सफल भयो। उसका लागि नितिन थापाले गोल गरे। नितिनलाई गोल गर्न लक्ष्मण रुचालले क्रसमार्फत पास दिएका थिए। रुचालले डिबक्स नजिकबाट गरेको क्रसमा नितिनले हेडमार्फत बललाई जाली गुमाए।
_x000D_
_x000D_
संकटाले ८५ मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर पार्न सफल भयो। पेनाल्टी अवसरमा संकटाका अमित तामाङले गोल गरेका थिए। मच्छिन्द्रका गोलकिपर दिप कार्कीले संकटाका सेड्रिक अबलाई लडाएपछि संकटाले पेनाल्टी पाएको थियो।
_x000D_
_x000D_
जितसँगै संकटाले लगातार तेस्रो खेलमा जित निकाल्दै ९ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको मनाङको पनि ९ अंक नै छ।
_x000D_
_x000D_
त्यसअघि शुक्रबार भएको अन्य खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १–० गोलले र ब्रिगेड ब्वाइजले नेपाल एपिएफ क्लबलाई ३–१ गोलले हराए।
_x000D_
_x000D_
अंक तालिका
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।