काठमाडाैं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पूर्व राजारानी बस्ने नारायणहिटी संग्रालयको १० वटा कोटा शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरेका छन्।
_x000D_
_x000D_
मन्त्री अधिकारीले खुल्ला गरेको १० कोठा :
_x000D_
_x000D_
१. सिन्धुली
_x000D_
_x000D_
तत्कालीन समयमा रानीले पोशाक पहिरन गर्ने, शृङ्गार गर्ने तथा दिँउसोको खानापछि आराम गर्ने सिन्धुली कोटा सर्वसाधरणका लागि खुला गरेका हुन्।
_x000D_
_x000D_
२.झापा
_x000D_
_x000D_
प्रतीक्षालय: गणेश हिमाल कार्यकक्षमा छलफल तथा दर्शन भेट कार्यक्रम हुँदा आउनु हुन पाहुनाको प्रतीक्षालयको रुपमा प्रयोग हुने कोठा।
_x000D_
_x000D_
३.इलाम
_x000D_
_x000D_
गणेश हिमाल कक्षः यस कक्षमा तत्कालीन राजाले हप्तामा एक दिन (बिहीबार) प्रधामन्त्रीसँग छलफल गर्ने कक्षको रुपमा प्रयोग तथा विशिष्ट व्यक्तिहरुसँग पनि छलफल गर्ने कक्ष।
_x000D_
_x000D_
४.सुनसरी
_x000D_
_x000D_
रक्षाबन्धन कक्षः जनै पूर्णिमाका दिन तत्कालीन राजपरिवाका सदस्यहरुले राजपुरोहितबाट रक्षा बन्धन, जनै फेर्ने जस्ता धार्मिक कार्य सम्पन्न हुनुका साथै सप्तरी भोज कक्षमा विभिन्न समयमा हुने रात्री तथा दिवा भोजका समयमा चोखो खाना राख्ने कक्ष।
_x000D_
_x000D_
५.सप्तरी
_x000D_
_x000D_
भोजन कक्षः पूर्व मुमाबडामहारानी तथा तत्कलीन युवराजको जन्मोत्सवको अवसरमा धनुषा बैठकमा आयोजना हुने कार्यक्रममा सहभागी हुने पाहुनाहरुको भोजन गर्ने कक्ष।
_x000D_
_x000D_
६. सिराहा
_x000D_
_x000D_
सप्तरी भोजन कक्षमा भोजको आयोजना हुँदा खानापछि र खानाअघि बसेर छलफल गर्ने तथा धनुषा बैठक कक्षमा बडा दसैंको टिका ग्रहण, विभूषण प्रदान गर्ने कार्यक्रा र विभिन्न कार्यको प्रयोग गरिने कक्ष।
_x000D_
_x000D_
७. पर्सा
_x000D_
_x000D_
यो पाहुन कक्षको रुपमा प्रयोग हुन्थ्यो।
_x000D_
_x000D_
८.कपिलबस्तु
_x000D_
_x000D_
यो कक्षम पनि पाहुनाकै लागि प्रयोग गरिन्थ्यो।
_x000D_
_x000D_
९.चितवन
_x000D_
_x000D_
यो कक्ष पनि पाहुनाकै लागि प्रयोग गरिन्थ्यो।
_x000D_
_x000D_
१०.अंगरक्षको कार्यकक्ष
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।