काठमाडौं– सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत विभागिय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। शुक्रबार भएको खेलमा आर्मीले पुलिसलाई १–० गोलले पराजित गरेको हो।
_x000D_
_x000D_
आर्मीको जितमा टेकबाहादुर बुढाथोकी नायक सावित भए। उनले ३० मिनेटमा गोल गरेका थिए।
_x000D_
_x000D_
जारी लिगमा आर्मीको यो दोस्रो जित हो। पहिलो खेलमा न्युरोड टिम एनआरटीसँग २–२ गोलको बराबरीमा रोकिएको आर्मीले दोस्रो खेलमा च्यासल युथ क्लबलाई १–० गोलले पराजित गरेको थियो।
_x000D_
_x000D_
जितसँगै आर्मी ३ खेलबाट ७ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।