काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटाले अब विमान खरिदको सबै निर्णय मन्त्रिपरिषद्बाट हुनुपर्ने धारणा राखेका छन्।
_x000D_
_x000D_
शुक्रबार संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुको प्रश्नमा जवाफ दिँदै सचिव देवकोटाले यस्तो अभिव्यक्ति दिएका हुन्।
_x000D_
_x000D_
‘विमान खरिद गर्दा जहिले पनि विवाद हुन्छ,’ सचिव देवकोटाले भने, ‘कोही त विमान खरिदको केसमा जेलसमेत पुगे।’ यस्तो अवस्थामा नेपाल एयरलाइन्स आफैंले निर्णय गरेर विमान खरिद हुनसक्ने अवस्थाको समेत अन्त्य भएको देवकोटाको भनाइ छ। विमान खरिदको विषयमा निर्णय दिन मन्त्रालयका कर्मचारीलाई समेत असहजता भएको देवकोटाले गुनासो गरे।
_x000D_
_x000D_
उनले सार्वजनिक खरिद ऐन अनुसार नेपाल एयरलाइन्सले विमान खरिद गर्नसक्ने आँट अब नदेखाउने समेत प्रष्ट पारे। ‘अब विमान खरिदमा मन्त्रिपरिषद्ले नै निर्णय गरेर कोबाट विमान खरिद गर्ने हो, त्यसको निर्णय गर्नुपर्ने अवस्था आएको’ देवकोटाको भनाइ छ।
_x000D_
_x000D_
अन्तर्राष्ट्रिय सम्बन्ध समितिकै छलफलमा सचिव देवकोटाले आफू तालुकदार मन्त्रालयको सचिव भएपनि नेपाल एयरलाइन्सले कसरी स्वेतपत्र जारी गर्यो भन्ने विषयमा सार्वजनिक भएपछि मात्रै थाहा भएको जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।