काठमाडौं– चाकडी र घुस दिन नसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा पत्र बुझाएका डा ध्रूबराज अधिकारीले कनुनी प्रक्रिया र प्रशासनिक विषयवस्तुको अज्ञानताका कारण स्वास्थ्य सेवा ऐन अनुसार काम गर्न नसकेको स्वीकारेका छन्।
_x000D_
_x000D_
उनले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य ऐन अनुसार काम गर्न नसकेको गल्ती स्विकार गरेका हुन्। वीर अस्पतालका न्यूरो सर्जन डा अधिकारीले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भएको पदस्थापनामा त्यसै बेला रमाना लिई हाजिर हुनु पर्नेमा कानुनी प्रक्रिया र प्रशासनिक विषयवस्तुको अज्ञानताबस उक्त अस्पतालमा हाजिर हुन नगएका कारण समस्या सृजना भएको बताए।
_x000D_
_x000D_
उनले आफूले बुझाएको राजीनामा पत्रमा उल्लेख गरेको चाकडी र घुसको विषयमा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई लक्षित नभएको पनि विज्ञप्तिमा प्रष्ट पारेका छन्।
_x000D_
_x000D_
मन्त्रीले चाकडी र घुस नमागेको स्पष्ट पारेका डा अधिकारीले विचौलियाले भने घुस र चाकडीको माग गरेको कुरा भने उल्लेख गरेका छन्। यद्यपी विज्ञप्तमा ती व्यक्तिको नाम भने उल्लेख गरेका छैनन्।
_x000D_
_x000D_
उनले स्वास्थ्य क्षेत्रमा मौलाएको विचौलियालाई समयमा नै पहिचान गरी संस्थालाई बचाउन अपिल समेत गरेका छन्।
_x000D_
_x000D_
डा अधिकारीले राजीनामामा चाकडी र घुसको कुरा उल्लेख गरेपछि मन्त्री यादवले डा अधिकारीलाई त्यसलाई प्रमाणित गर्न चुनौती दिएका थिए।
_x000D_
_x000D_
मन्त्रालयमा नै बोलाएर मन्त्री यादवले घुस माग्ने व्यक्तिको नाम उपलब्ध गराउन समेत भनेका थिए। तर, उनले ती व्यक्तिको नाम भने अझै खुलाएका छैनन्।
_x000D_
_x000D_
वीर अस्पतालका न्यूरो सर्जन डा अधिकारीलाई सरकारले वीर अस्पतालबाट पोखरामा सरुवा गरेको थियो। ८ औं तहमा कार्यरत डा अधिकारी नवौं तहमा बढुवा भएपछि गत चैत १८ गते पोखरामा पदस्थापना गरिएको थियो।
_x000D_
_x000D_
स्वास्थ्य सेवा ऐन अनुसार बढुवा भएर पदस्थापन भएको कर्मचारी खटाएको स्थानमा पुगेर हाजिर गर्नुपर्ने हुन्छ। डा अधिकारी बढुवा भएको समयमा वीर अस्पतालमा नवौँ तहको दरवन्दी खाली थिएन। दरवन्दी खाली नभएपछि स्वास्थ्य मन्त्रालयले उनलाई पोखराको क्षेत्रीय अस्पतालमा पठाएको थियो।
_x000D_
_x000D_
तर, डा अधिकारी वीर अस्पतालमा नै हाजिर गर्ने अडानमा रहँदै आएका थिए।
_x000D_
_x000D_
डा अधिकारीको बढुवा हुँदा दरबन्दी खाली नभए पनि केही समयअघि अस्पतालका अर्का न्यूरो सर्जन डा गोपालरमण शर्माले राजीनामा दिएपछि वीर अस्पतालमा दरबन्दी खाली भएको थियो।
_x000D_
_x000D_
दरबन्दी खाली भएपछि डा अधिकारीले पुन: उक्त पदमा आफूलाई पदपूर्ती गर्न आग्रह गरेका थिए।
_x000D_
_x000D_
मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले डा अधिकारीले पहिला पोखरामा गएर हाजिर गर्नुपर्ने र त्यसपछि मात्र आवश्यकताका आधारमा अन्य स्थानमा सरकारले ल्याउन सक्ने नियम रहेको बताए।
_x000D_
_x000D_
डा अधिकारीले चाकडी र घुसको आरोप लगाएपछि मन्त्रालयले यो विषयमा खण्डन गर्दै प्रेस विज्ञप्ति नै जारी गरेको थियो।
_x000D_
_x000D_
विज्ञप्तिमा पनि ‘पदस्थापन भएको कार्यालयमा १ पटक हाजिर भै आए पश्चात मात्र वीर अस्पतालमा सरुवा गर्न नियमानुसार प्रक्रिया पुग्नेहुँदा सो विषयमा मौखिक जानकारी बारम्बार दिइएकोमा उक्त कुराको अवज्ञा गरी राजीनामा बुझाएको व्यहोरा सर्वसाधरणको जानकारी लागि विज्ञप्ति जारी गरिएको’ उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।