काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिताको पहिलो खेलमा न्यूरोड टिम (एनआरटी) र विभागीय टोली त्रिभुवन आर्मीबीच एन्फा कम्प्लेक्स मैदानमा गत असोज १३ गते भएको प्रतिस्पर्धा भएको थियो। दुर्भाग्य ५ वर्षपछि सुरु भएको ए डिभिजन लिगको पहिलो खेल नै विवादित बन्न पुग्यो। खेल २–२ गोलको बराबरीमा सकिए लगत्तै मैदानमा हात हालाहालको स्थिति आएको थियो। एनआरटीका अफिसियलले रेफ्रीको गलत निर्णयले हारेको भन्दै तीव्र विरोध जनाएका थिए।
_x000D_
_x000D_
खेलको अन्तिम समयमा एनआरटीका गोलकिपरले धेरै समय बल होल्ड गरेको भन्दै फिफा रेफ्री सुदिस पाण्डेले आर्मीलाई डिबक्सभित्र फ्रिकिक दिएका थिए। त्यस्तै पहिलो हाफमा आर्मीलाई दिइएको पेनाल्टीको निर्णय समेत गलत भएको एनआरटीको दाबी थियो। क्लबले रेफ्रीको दुवै निर्णय एनआरटीलाई हराउने नियतले गरिएको भन्दै उचित छानबिन र कारवाहीको माग गर्दै एन्फामा उजुरी गरेको थियो।
_x000D_
_x000D_
पहिलो चरणको खेल सकिएपछि लिग मंसिर १ गतेसम्मका लागि स्थगित गरिएको थियो। स्थगित लिग सुरु हुनुअघि एनआरटीले रेफ्री पाण्डेलाई कारबाही नगरेको भन्दै एनआरटीले लिग नखेल्ने चेतावनी दियो। त्यसपछि एन्फाले एनआरटीसँग रेफ्री पाण्डेलाई कारबाही गर्ने आश्वासन दिएको थियो। 'रेफ्रीको विषयमा एन्फासँग कुरा मिलेपछि हामीले लिग खेल्ने निर्णय गरेका हौं,' एनआरटीका अध्यक्ष दीपकहर्ष बज्राचार्य भन्छन् ।
_x000D_
_x000D_

_x000D_
_x000D_
यसबीचमा रेफ्री पाण्डेलाई म्याच नम्बर १४ सम्म कारबाही गरिएको सार्वजनिक भएको थियो। रेफ्रीलाई कारबाही गरिएको विषय आन्तरिक र संवेदनशील भएको बताउँदै एन्फाले कारबाहीको विषयमा स्पष्ट पार्न भने चाहेन।
_x000D_
_x000D_
कारबाहीमा परेका भनिएका रेफ्री पाण्डे बिहीबार मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टारबीचको म्याच नम्बर १६ मा मुख्य रेफ्रीको भूमिकामा देखिए। रोमाञ्चक खेलमा रेफ्री पाण्डे केहि डराएका जस्ता देखिन्थे। थ्रीस्टारका प्रशिक्षक मेघराज केसी पनि रेफ्री पाण्डे निर्णय लिन डराएको बताउँछन्। उनले खेलपछि भने, '१४ खेलसम्म कारबाही गरेको ल्याएको लिनु पर्ने निर्णय पनि पहिलो जस्तो घटना दोहोरिन्छ भनेर नलिएको जस्तो देखियो। फेरि विवादमा पर्छु भनेर यस्तो गर्दा टिमलाई त असर पर्छ नी। खासमा रेफ्रीले कन्फिडेन्स देखाउन सकेनन्।'
_x000D_
_x000D_

_x000D_
_x000D_
पहिलो हाफमा पाण्डेले दिनु पर्ने पेनाल्टी दिन नसकेको केसीको दाबी छ। 'मैले रेफ्रीको विषयमा टिप्पणी गर्ने गरेको छैन। तर हामीले पाउनु पर्ने पेनाल्टी पनि पाएनौ। हाम्रा फरवार्ड अजयी मार्टिनलाई ब्याक ट्याकल गर्दा पनि रेफ्रीले निर्णय लिन सक्नु भएन,' केसीको भनाइ थियो।
_x000D_
_x000D_
यता मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक सुमन श्रेष्ठ पनि रेफ्रीको निर्णयमा सन्तुष्ट देखिएनन्। 'रेफ्रिहरुमा केहि न केहि सुधार गर्नै पर्छ। हामीले जित्यौ खुसी छौं। तर हारेको भए पनि यहि भन्थे रेफ्रीको विषयमा । निर्णय लिन डराउनु भएको हो जस्तो लाग्यो,' उनले भने।
_x000D_
_x000D_
रेफ्रीको गलत निर्णयले खेलाडीहरु आक्रमक हुने श्रेष्ठको भनाई छ। उनले भने,' रेफ्रीले गलत निर्णय दिँदा खेलाडीहरु आक्रमक देखिन्छन्। फल लिनु पर्ने कुरामा पनि डराएका थिए। १४ खेलसम्म कारबाही भन्ने सुनेको थिएँ ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।