राजविराज– गत कात्तिक ५ गते सप्तरीमा सुस्त मनस्थिती भएकी १५ वर्षीया बालिका बलात्कारको सिकार भइन्।
_x000D_
_x000D_
पीडितका बुवाले खड्ग नगरपालिका ९ मैनासहश्रबाहु स्थित लालपट्टीका ३५ वर्षीय दिलिपकुमार दास विरुद्ध प्रहरीमा उजुरी दिए।
_x000D_
_x000D_
ईलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपी दासलाई पक्राउ गरी कानुनी कारबाही सुरु गर्यो। सप्तरी जिल्ला अदालतको आदेशमा मंसिर ३ गतेदेखि आरोपित राजविराज कारागार थुनामा छन्।
_x000D_
_x000D_
यसलगत्तै कात्तिक २८ गते सोही क्षेत्रमा १५ वर्षीया बालिकाको बलात्कार भयो। पीडितकी आमाले बलात्कारको आरोपमा खडक नपा–३ का २१ वर्षीय सदाम मियाँ विरुद्ध प्रहरीमा उजुरी दिइन्।
_x000D_
_x000D_
ईलाका प्रहरी कार्यालय कल्याणपुरले मंसिर १ गते आरोपीलाई पक्राउ गरी कारबाही अगाडि बढाएको छ।
_x000D_
_x000D_
यसैगरी, असोज २५ गते १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डाकनेश्वरी नपा–२ का २० वर्षीय ओमप्रकाश साह विरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी पर्याे।
_x000D_
_x000D_
पीडितकी आमाको उजुरीका आधारमा आरोपित साहलाई प्रहरीले पक्राउ गर्यो। जिल्ला अदालतको आदेशमा उनी पुर्पक्षका लागि कारागारमा छन्।
_x000D_
_x000D_
सप्तरीमा पछिल्लो ११ महिना (सन २०१८ को जनवरीदेखि नोभेम्बरसम्म) यता बालिका बलात्कारको घटना निकै बढेका छन्।
_x000D_
_x000D_
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा बलात्कारका ३२ घटना घटेका छन्।
_x000D_
_x000D_
घट्नामा दुई/तीन वर्षका बालिका समेत सिकार भएको र १२/१३ वर्षका समेत गरी ९ बालकदेखि ६५ वर्षीय वृद्धसमेत गरी ४३ जना संलग्न रहेको इन्सेकले जनाएको छ।
_x000D_
_x000D_
ती मध्ये १७ जना थुनामा र ११ जनाविरुद्ध वारेन्ट जारी छ भने ६ जना फरार छन्।
_x000D_
_x000D_
यसैगरी, महिला बलात्कारका ११ वटा घटनामा १९ देखि ७० वर्षसम्मका महिला पीडित भएका छन्। १७ देखि ६५ वर्षसम्मका २४ जना आरोपित छन्।
_x000D_
_x000D_
जसमध्ये १० जना थुनामा छन् भने १ जनाले सफाइ पाएका छन्। ७ जना फरार र ६ जनालाई वारेण्ट जारी भएको छ।
_x000D_
_x000D_
यस्तै, बालिका यौन दूर्व्यवहारका १३ घटना दर्ता भएका छन्। १३ देखि ६५ वर्षीयसम्मका १६ जना आरोपी रहेको इन्सेक प्रतिनिधि मनोहर पोखरेलले बताए। जसमध्ये तीन जना बालक बालसुधार गृहमा, एक संरक्षकको जिम्मामा र एक बालक थुनामा छन्।
_x000D_
_x000D_
एक जनालाई कैद सजाय र पाँच जना थुनामा छन्। यसैगरी तीनजना धरौटीमा रिहा भएका छन् भने एक जनालाई वारेन्ट जारी भएको र एक जना फरार रहेको पोखरेलले बताए।
_x000D_
_x000D_
महिला यौन दूर्व्यवहारका ४ घटनामा ४ महिला पीडित छन्। आरोपित एक जनाले सफाइ पाए, दुई जना धरौटीमा रिहा भए भने दुई जनामाथि वारेन्ट जारी भएको इन्सेकले जनाएको छ।
_x000D_
_x000D_
बालिका र एकल महिला सहित ९ जनाको हत्या
_x000D_
यस अवधिमा बालिका र एकल महिलासहित ९ जनाको हत्या भएकाे छ। एक बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा उनका दाजु पुर्पक्षका लागि थुनामा छन् भने बालिका बलात्कारकै आरोपमा सहोदर काका फरार छन्।
_x000D_
_x000D_
राजविराज ६ की ४५ वर्षीया एकल महिला आशादेवी देवको बलात्कारपछि हत्या गरेको आरोपमा ४ जना गिरफ्तार भएका छन् भने बोदे बर्साइन नगरपालिका ७ बोगबिराकी २२ वर्षीया आरतीकुमारी यादवको हत्या आरोपमा उनका पति सुरेशकुमार यादव र ससुरा ६७ वर्षीय रामदेव यादव गिरफ्तार छन्।
_x000D_
_x000D_
एक गर्भवती महिलाको हत्या आरोपमा परिवारका पाँचै जना थुनामा छन्, सोही घटनामा हत्या भएको भनिएकी उनकी छोरी र पतिको लास फेला नपरेको प्रतिनिधि पोखरेलले जानकारी दिए।
_x000D_
_x000D_
आफ्नै परिवारका सदस्यद्वारा २ पुरुषको हत्या भएको घटनामा तीन जना थुनामा छन्। राजविराज १ का वाइसिएल वडा सहसंयोजक प्रेम यादवको हत्या घटनामा १ जना थुनामा र १ जनालाई संरक्षकको जिम्मा लगाइएको छ।
_x000D_
_x000D_
अन्य १३ जना फरार रहेको इन्सेकको तथ्यांकमा उल्लेख छ।
_x000D_
_x000D_
११ महिनामा मानवअधिकार उलङ्घन, हनन् र ज्यादतीका कुल १ सय ३० वटा घटना दर्ता भएको पोखरेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।