काठमाडौं- एसियाली विकास बैंक (एडिबी) ले नेपालमा सञ्चालित आयोजनाको प्रगति सन्तोषजनक नरहेको निष्कर्ष निकाल्दै असन्तुष्टि व्यक्त गरेको छ।
_x000D_
_x000D_
दक्षिण एसियाका लागि एडिबीका उपमहानिर्देशक दिवेश शरणले नेपालमा सञ्चालित आयोजनाहरुको कार्य सम्पादन सन्तोषजनक नरहेको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरे। शुक्रबार काठमाडौंमा त्रिपक्षीय समीक्षा बैठकमा बोल्दै उनले नेपालको उड्डयन र सरसफाईसम्बन्धी आयोजना कार्यान्वयन क्षमतामाथि पनि प्रश्न उठाए।
_x000D_
_x000D_
गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको कामको प्रगति राम्रो भए पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको काम अघि बढ्न नसकेकोमा एडिबीको असन्तुष्टि छ।
_x000D_
_x000D_
त्यस अवसरमा उपमहानिर्देशक शरणले नेपालले एडिबीको थप लगानीको सम्भावनालाई आफ्नो हितमा प्रयोग गर्न सक्नुपर्नेतर्फ पनि गम्भीर ध्यानाकर्षण गराए। एडिबीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लगायतका नेपालमा सञ्चालित ठूला आयोजनामा लगानी बढाए पनि कार्य प्रगति हुन नसकको भन्दै असन्तुष्टि जनाएको अर्थ मन्त्रालयका सहसचिव एवं अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले जानकारी दिए।
_x000D_
_x000D_
एडिबीको समीक्षा प्रतिवेदनमा नेपालमा चालू आर्थिक वर्षमा पनि ठेक्का सम्झौता र रकम खर्चमा समस्या देखिएको पनि उल्लेख गरिएको छ। उपमहानिर्देशक शरणले चालू आर्थिक वर्षभित्र नेपालमा ८ वटा आयोजनाको ठेक्का सम्झौता गर्ने लक्ष्य लिइएको जानकारी दिए। त्यसमध्ये सबैभन्दा धेरै बजेट पूर्व–पश्चिम सडक स्तरोन्नतिमा हुनेछ।
_x000D_
_x000D_
यो वर्ष १० वटा ठूला आयोजनामा धेरै बजेट खर्च हुने एडिबीको अनुमान छ। पुनर्निर्माण, काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना, एयर ट्रान्सपोर्ट, क्षमता अभिवृद्धि कार्यक्रममा धेरै लगानी हुने अनुमान गरिएको पनि उपमहानिर्देशक शरणले बताए।
_x000D_
_x000D_
एडिबीले नेपालमा हालसम्म २ खर्ब ८० अर्बभन्दा धेरै बजेट लगानी गरे पनि आयोजनाको कार्यान्वयन र खर्चको अवस्था भने अत्यन्तै सुस्त रहेको उल्लेख गर्दै त्यसमा सुधार गर्न आग्रह गरेको छ। यता, नेपाल सरकारले भने मुलुक संघीयतामा गएकाले एडिबीको सहयोगमा सञ्चालित सबै परियोजनाको कामले अब गति लिने विश्वास व्यक्त गरेको छ।
_x000D_
_x000D_
अर्थ मन्त्रालयका सहसचिव नेपालले मुलुक संघीयतामा गएकाले अब एडिबी लगायतका अन्तराष्ट्रिय समुदायको लगानीमा सञ्चालित आयोजनाहरुको कामले गति लिने विश्वास व्यक्त गरे।
_x000D_
_x000D_
एडिबीले नेपालमा सञ्चालित आयोजनाहरुमध्ये १ खर्ब २५ अर्ब रुपैयाँको ठेक्का लाग्न बाँकी रहेको र १ खर्ब ७० अर्ब खर्च हुन बाँकी रहेको पनि जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।