काठमाडौं– सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गतमा ब्रिगेड ब्वाइज क्लबले पहिलो जित हात पारेको छ। शुक्रबार एन्फा कम्प्लेक्समा भएको खेलमा ब्रिगेडले १० खेलाडीमा सीमित सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–१ गोलले पराजित गरेको हो।
_x000D_
_x000D_
खेलमा अग्रता भने एपिएफले लियो। उसले खेलको ६० मिनेटमा रुपबाहादुर रानाको गोलबाट अग्रता लिएको थियो। चार मिनेटपछि ब्रिगेडले बराबरी गोल फर्काउन सफल भयो। ब्रिगेडका मनोज राईले फ्रिकिममार्फत उत्कृष्ट गोल गरेका थिए।
_x000D_
_x000D_
६९ मिनेटमा ब्रिगेडले अग्रता लिन सफल भयो। ताजुदिनले ब्रिगेडका लागि दोस्रो गोल गरेका हुन्। ७६ मिनेटमा ब्रिगेडले तेस्रो गोल गर्न सफल भयो। उसका लागि कजिमले भली सर्टमार्फत गोल गरेका थिए।
_x000D_
_x000D_
एपिएफ ८९ मिनेटमा १० खेलाडीमा सीमित भयो। एपिएफका विश्वास उदासलाई रेफ्रीले सिधा रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए। यसअघिका दुवै खेलमा पराजित भएको ब्रिगेड पहिलो जित हात पारेसँगै अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ। एपिएफले यसअघिक २ मध्ये १ खेलमा जित र १ खेलमा बराबरी खेलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।