काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले हिन्दु राष्ट्रका विषयमा स्वतन्त्र रुपमा जनमत संग्रह हुनुपर्ने बताएका छन्।
_x000D_
_x000D_
इन्जिनियर कुमार भट्टराईको भजन संग्रह 'शिव लीला' र 'अग्रता काली'को विमोचनका क्रममा कोइरालाले धर्म स्वतन्त्र नहुने बताए। उनले भने, ‘जसले धर्मलाई स्वतन्त्र मान्छ,ऊ व्यक्ति नै स्वतन्त्र हुन्छ।’ हिन्दु धर्म जस्तो स्वतन्त्र अन्य कुनै पनि धर्म नभएको उनले दाबी गरे।
_x000D_
_x000D_
धर्म आफैभित्र खोज्न हिन्दु धर्मले स्वतन्त्रता दिएको उनको भनाइ छ। ‘राजनीतिक स्थिरता आइसकेपछि धर्मका बारेमा जनमत संग्रह हुनुपर्छ,’ धर्म सापेक्ष वा निरपेक्षबारे जनमत संग्रह गर्नुपर्ने धारणा पहिल्यैदेखि उठिरहेको भन्दै उनले थपे, 'धर्म निरपेक्ष राख्ने कि हिन्दु धर्म राष्ट्र राख्ने? जनमत संग्रह हुनुपर्छ।’
_x000D_
_x000D_

_x000D_
_x000D_
हिन्दु राष्ट्र वा धर्म निरपेक्षको जनमत संग्रह गर्दा राजनीतिक दलको हस्तक्षेप हुन नहुने महामन्त्री कोइरालाले बताए। उनले भने, ‘जनतालाई स्वतन्त्र छाडिदिनुपर्छ। मेरो मत हिन्दु राष्ट्रको पक्षमा रहन्छ।'
_x000D_
_x000D_
कार्यक्रममा प्राध्यापक डा गोविन्द भट्टराई, पत्रकार हरिहर विरही, कविर राणा, नेपाली कांग्रेसका नेता लोकेश ढकाल, विश्वहिन्दु महांघका अध्यक्ष दामोदर गौतमले गिती संग्रहका बारेमा बोलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।