काठमाडौं- सरकारले वैदेशिक रोजगारीबाट फर्केका कामदारले ऋण लिनका लागि पुससम्मको समयावधि तोकिएको छ।
_x000D_
_x000D_
सरकारले घोषणा गरेको सहुलियत ब्याजदरको ऋणका लागि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालयले सूचना प्रकाश गर्दै समय तोकेको हो।
_x000D_
_x000D_
वैदेशिक रोजगारीमा गई विदेशमा सिकेको ज्ञान, सिप र दक्षताका आधारमा स्वदेशममै पेसा व्यवसाय गरी उद्यमी बन्न इच्छुकका लागि सरकारले चालु आर्थिक वर्षमा १० लाखसम्म सरल कर्जा दिने भएको छ।
_x000D_
_x000D_
सरकारले यो वर्ष यसरी उद्यमी बन्नका इच्छुकलाई सरल कर्जामा निजी तथा सरकारी बैंकमार्फत ऋण उपलब्ध गराउनेछ।
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।