डडेल्धुरा- डडेल्धुरामा भएको स्कुल बस दुर्घटनामा मृत्यु भएका सबै १८ जनाको सनाखत भएको छ।
_x000D_
_x000D_
डा केआई सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको थियो।
_x000D_
_x000D_
ज्यान गुमाउनेहरु
_x000D_
मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ बस्ने ३५ वर्षीया शशि विक, शिखर नगरपालिका वडा नं ११ बस्ने २५ वर्षीया गोपा भाट, सोही नगरपालिका ८ बस्ने ४० वर्षीय कैलाश रावल, सोही ठाउँका ४० वर्षीय योगेन्द्र रावल, डडेल्धुराको नवदुर्गा गाँउपालिका–३ का २२ वर्षीय चक्र धामी, सोही ठाउँका २० वर्षीय तिलक खाती, त्यहीँका १७ वर्षीय टेक धामी, नवदुर्गा गाउँपालिका–४ की १८ वर्षीय माया रावल, डोटी शिखर नगरपालिका–१० का १६ वर्षीय रोहित बलायर, सोही नगरपालिका ७ बस्ने २२ वर्षीय योगेन्द्र बोहरा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीले जानकारी दिए।
_x000D_
_x000D_
डोटीको शिखर नगरपालिका–७ बस्ने २४ वर्षीय शंकर जोरा, सोही ठाउँ बस्ने शारदा राउत, कैलालीको हसुलिया ३ बस्ने २८ वर्षीय नारायण चौधरी, डोटीको शिखर नगरपालिका–१० का १५ वर्षीय सागर बलायर, शिखर नगरपालिका ११ बस्ने २४ वर्षीय पदम विक, कैलालीको गोदावरी नगरपालिका–१० का २३ वर्षीय पुरन कठायत, सोही ठाउँकी २० वर्षीया शारदा कडायत र सोही नगरपालिका–२ बस्ने २१ वर्षीय केशव कडायतले पनि ज्यान गुमाए।
_x000D_
_x000D_
घाइतेहरु
_x000D_
दुर्घटनामा परी २७ जना घाइते छन्। घाइते मध्ये १० जनाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ७ जना कोहलपुर पठाइएको छ। अन्य १० घाइतेको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
_x000D_
_x000D_
डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रिसइनस्थित पिसजोन एकेडेमीको पहेँलो रङको स्कुल बस बिहीबार बेलुकी दुर्घटनामा परेको हो। अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कुल बस दुर्घटनामा परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।