एन्टिगुवा– आइसिसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि इंग्ल्यान्ड र अस्ट्रेलियाका महिला राष्ट्रिय टिमबीच प्रतिस्पर्धा हुने भएको छ।
_x000D_
_x000D_
शुक्रबार विहान सकिएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियासँगको भेट पक्का गर्यो। पहिले ब्याटिङ गरेको भारत ३ बल खेल्न बाँकी छदा १ सय १२ रनमा अलआउट भयो। भारतका लागि ओपनिङ खेलाडी स्मृती मन्धराले २३ बलमा ३४ रन जोडिन्। बलिङमा इंग्ल्यान्डकी हेथर नाइटले ३ विकेट लिइन्।
_x000D_
_x000D_
१ सय १३ रनको लक्ष्य इंग्ल्यान्डले १७.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो। उसका लगि एमी जेन्सले नटआउट ५३ रन र नाटाली स्किभरले नटआउट ५२ रन जोडे।
_x000D_
_x000D_
त्यसअघि पहिलो सेमिफाइनलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ७१ रनले हरायो। पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५ विकेटको क्षतिमा १ सय ४२ रनको योगफल तयार पार्यो। १ सय ४३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७.३ ओभरमा ७१ रनमै अलआउट भयो।
_x000D_
_x000D_
अब उपाधिका लागि इंग्ल्यान्ड र अस्ट्रेलियाबीच आगामी आइतबार एन्टिगुवा एन्ड बारबुडाको सर विवियन रंगशालामा हुनेछ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।