काठमाडौं– गायक प्रमोद खरेलको स्वरमा रहेकाे नयाँ गीत ‘तिम्रो मनको नगरीमा’ बजारमा अाएकाे छ। खरेलको सार्वजनिक आधुनिक गीतमा प्रेम र पिडाभाव सुन्न सकिन्छ।
_x000D_
_x000D_
दिपक चन्द ठकुरीको शब्द, किरण बम ठकुरीको संगीत रहेको गीतमा मुक्ति गौतम र सुधा देवकोटाको अभिनय रहेको छ।
_x000D_
_x000D_
प्रियसी म्युजिकको निर्माण रहेको गीतको भिडियोलाई उक्तम हुमागाईंले छायांकन तथा अविनास डिसीले सम्पादन गरेका छन्। भिडियाेलाई बबिता श्रेष्ठले निर्देशन गरेकी हुन्।
_x000D_
_x000D_
गायक खरेल पछिल्लाे समय भने चर्चित रियालिटी शो ‘द भोइस अफ नेपाल’मा निर्णायकका रुपमा रहेका छन्।
_x000D_
_x000D_
गीतकाे भिडियाे:
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।