काठमाडौं– प्रतिनिधिसभाका सांसद हृदयश त्रिपाठीले कृषि विकास मन्त्रालय खारेज गर्न माग गरेका छन्।
_x000D_
_x000D_
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद त्रिपाठीले कृषकको कामै नगर्ने कृषि विकास मन्त्रालयको आवश्यकता नरहेको भन्दै खारेज गर्नुपर्ने माग गरेका हुन्।
_x000D_
_x000D_
मंगलबार संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद त्रिपाठीले भने, ‘कृषि मन्त्रालयको कामै छैन, यसले तामझाम बाहेक अरु केही पनि काम गरेको छैन। यसले सय रुपैयाँमा १८ रुपैयाँ कृषकको नाममा खर्च गरेर ८२ रुपैंयाँ कर्मचारीहरुको तामझाममा लगाउने गरेको छ।’
_x000D_
_x000D_
सांसद त्रिपाठीले कृषि विकास मन्त्रालयका पदाधिकारीले नै सबैभन्दा बढी विदेश भ्रमण गर्ने गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले चिनीले उपभोक्तालाई पारेको प्रतिकूल असरबारे ठोस पहल गर्न अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सचेत गराउनुपर्ने आवश्यकता पनि औंल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।