काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रमेश लेखकले द्वन्द्वपीडितलाई न्याय दिन विशेष अदालत गठन गर्न सरकारसँग माग गरेका छन्।
_x000D_
_x000D_
मंगलबार काठमाडौंमा आयोजित द्वन्द्वपीडित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता लेखकले पीडितलाई न्याय दिने काममा ढिलाइ नगर्न पनि सरकारको ध्यानाकर्षण गराए। उनले द्वन्द्वरत पक्षलाई शान्ति प्रक्रियामा ल्याएर नेपालले ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै अब संक्रमणकालीन न्यायलाई व्यवस्थापन गर्ने काममा ढिलाइ गर्न नहुने पनि जिकिर गरे।
_x000D_
_x000D_
पीडितलाई परिपूरण गर्ने, पीडकलाई दण्डित गर्ने काम गरेर सरकारले संक्रमणकालीन न्यायको उचित व्यवस्थापन गर्नुपर्ने नेता लेखकको भनाइ छ।
_x000D_
_x000D_
कांग्रेस नेता लेखकले पीडितलाई न्याय दिँदा उनीहरुको आत्मसम्मान वृद्धि गर्ने काममा जोड दिन पनि सरकारलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।